२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

सेवा, नेतृत्व र समर्पणको अनुपम उदाहरण : धुलिखेलमा डिष्ट्रिक्ट ३२५ आइ नेपालको ऐतिहासिक तेस्रो क्याबिनेट बैठक सम्पन्न

धुलिखेल, काभ्रेपलाञ्चोक । सुन्दर पर्यटकीय नगरी धुलिखेलस्थित नगरपालिकाको सभा हलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ, नेपालको ऐतिहासिक तेस्रो क्याबिनेट बैठक भव्य रूपमा सम्पन्न भएको छ । सेवा, नेतृत्व र टिमवर्कलाई व्यवहारमै उतार्दै सम्पन्न बैठकले लायन्स आन्दोलनप्रतिको विश्वास र आकर्षण अझ सुदृढ बनाएको डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले बताइन् ।

डिष्ट्रिक्ट गभर्नर पाण्डेको अध्यक्षता तथा लायन्स अन्तर्राष्ट्रियका पूर्व डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिकाका का.वा. प्रमुख निराजन जंगम, लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनका एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट ३२५ एफका गभर्नर केशरबहादुर भण्डारीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी रामबहादुर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा छ्तो मन्तब्य राख्दै प्रमुख अतिथि पूर्व डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले भने, “लायन्स भनेको पद होइन, निरन्तर सेवा र उदाहरणीय नेतृत्व हो ।” त्यस्तै  धुलिखेल नगरपालिकाका का.वा. प्रमुख निराजन जंगमले स्थानीय तह र लायन्सबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भने, “यस्ता सेवामूलक गतिविधिले समुदायमा सकारात्मक परिवर्तन ल्याउँछन् ।”  यसैगरी लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनका एरिया लिडर राजन लम्सालले भने, “संगठित प्रयास र पारदर्शिताले लायन्सको विश्वसनीयता अझ बढेको छ ।” डिष्ट्रिक्ट ३२५ एफका गभर्नर केशरबहादुर भण्डारीले बैठकको प्रशंसा गर्दै भने, “डिष्ट्रिक्टहरूबीचको सहकार्यले लायनवादलाई अझ बलियो बनाउँछ ।”

स्थापना कालदेखि नै सेवा र नेतृत्वमा अग्रणी रहेका लायन्स क्लब अफ काठमाडौँ रञ्जना, काठमाडौँ रक्तदाता समूह, काठमाडौँ टेम्पल पिस काभ्रे, काठमाडौँ पूर्व क्षितिज काभ्रे, काठमाडौँ इन्द्रेश्वर, काठमाडौँ महाचण्डेश्वरी, काठमाडौँ गोसाइँथान काभ्रे, काठमाडौँ बेथानचोक काभ्रे तथा काठमाडौँ नमोबुद्ध काभ्रेलाई बैठकको होस्ट क्लबको जिम्मेवारी दिइएको थियो ।

बैठकमा लायन्स लिडर, प्रतिनिधि तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अतिथिहरूको स्वागत, बसोबास, दर्ता, किटब्याग व्यवस्थापन तथा कार्यक्रम सञ्चालनमा देखिएको समन्वय, अनुशासन र टिमवर्कका कारण कार्यक्रम सफल भएको गभर्नर पाण्डेले बताइन् ।
उनले भनिन्, “यो बैठक केवल औपचारिक कार्यक्रम होइन, लायनवादको मूल्य र भावनाको जीवन्त प्रतिबिम्ब हो ।”

बैठक व्यवस्थापनमा डिष्ट्रिक्ट चिफ भोला थापा, कार्यक्रम संयोजक धीरज श्रेष्ठ, किटब्याग संयोजक राजु कार्की र केदार न्यौपाने, रजिस्ट्रेशन संयोजक पूर्णबहादुर कार्की सक्रिय रूपमा खटिएका थिए । स्मारिका व्यवस्थापनमा प्रभात फेरी साप्ताहिकको विशेष अङ्क प्रकाशन गरिएको थियो, जसको नेतृत्व प्रल्हाद शर्मा हुमागाईंले गरेका थिए ।

होस्ट क्लबका अध्यक्षहरू तथा सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न यस ऐतिहासिक क्याबिनेट बैठकले काभ्रेपलाञ्चोक मात्र होइन, सम्पूर्ण डिस्ट्रिक्ट ३२५ आइमा सेवामूलक नेतृत्व, सहकार्य र समर्पणको नयाँ मापदण्ड स्थापित गरेको आयोजकहरूको निष्कर्ष रहेको छ ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…