२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खेलकुद

२५औँ आहा! रारा पोखरा गोल्ड कप माघ २७ देखि फागुन ९ गतेसम्म

१२ टोलीको सहभागिता, प्रथम–द्वितीय पुरस्कार राशी वृद्धि

पोखरा । सहारा क्लब पोखराको आयोजनामा क्याराभान गोल्ड कपसहित २५औँ संस्करणको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८२ माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले जानकारी गराए ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा यस वर्ष १२ टोलीको सहभागिता रहनेछ। आयोजकका अनुसार प्रथम हुने टोलीले १४ लाख १ हजार र द्वितीय टोलीले ७ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लबहरूसहित दुई विभागीय र एक आयोजक टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूमा

नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, सहारा क्लब पोखरा, भारतको गोल्ड नर्थ युनाइटेड (सिक्किम), गोर्खा इन्टरनेशनल फुटबल क्लब (हरियाणा), भारत एक टोली तथा उज्बेकिस्तानको आमा फुटबल क्लब रहेका छन्।

पत्रकार सम्मेलनमा प्रमुख प्रायोजक हिमश्री फुड्स प्रा. लि. का सञ्चालक प्रकाश केसीले प्रतियोगितासँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाउँदै आहा! रारा गोल्ड कपले पोखराको खेलकुद र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए।

पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न संघसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ। पोखरा पर्यटन वर्ष २०२५–२६ लाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष रात्रिकालीन खेल सञ्चालनका लागि अस्थायी फ्लडलाइट जडान गरी प्रतियोगिता सञ्चालन गरिने जानकारी पनि दिइएको छ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…