58Shares

चितवन । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालले पोखरा भ्यूज डट कम का कार्यकारी सम्पादक तथा सञ्चारकर्मी टंकराज अधिकारीलाई सम्मान गरेको छ। चितवनमा सम्पन्न डिष्ट्रिक्टको तेस्रो क्याबिनेट बैठकका अवसरमा सेवामूलक गतिविधिहरूलाई मिडियामार्फत निरन्तर उजागर गर्दै आएको योगदानको कदरस्वरूप अधिकारीलाई सम्मान गरिएको डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटाले जानकारी दिए।

डिष्ट्रिक्ट ३२५ आई नेपालका सिनियर लिडरसमेत रहेका अधिकारीलाई डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा, प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान तथा मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।

सन् २०१२ देखि लायन्स सदस्यका रूपमा आबद्ध रहेका अधिकारी सन् १९९८ देखि नै सञ्चारकर्मीको रूपमा सक्रिय रहँदै लायन्सका सेवामूलक गतिविधिहरूलाई नजिकबाट नियाल्दै समाचार सम्प्रेषण गर्दै आएका छन्। सेवा र सञ्चारबीचको गहिरो सम्बन्ध समाज परिवर्तनमा प्रभावकारी हुने विश्वास आफूले व्यवहारमै अनुभव गरेको उनको भनाइ छ।

लायन वर्ष २०२५–२०२६ मा डिष्ट्रिक्ट ३२५ आर नेपालसँगको सहकार्य डिष्ट्रिक्ट प्रशासनिक भवनको शिलान्याससँग जोडिएको उल्लेख गर्दै अधिकारीले उक्त भवनलाई केवल भौतिक संरचना मात्र नभई संस्थागत सुदृढता र भविष्यप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा समाचारमा प्रस्तुत गरेको स्मरण गरे। त्यसै समयदेखि डिष्ट्रिक्टसँगको सहकार्य अझ मजबुत बन्दै गएको उनले बताए।

लायन्स सदस्य र सञ्चारकर्मी—दुवै हैसियतमा समाजलाई छुने सेवाका कथाहरू जनसमक्ष पुर्‍याउनु आफ्नो दायित्व भएको उल्लेख गर्दै अधिकारीले सम्मानप्रति आभार व्यक्त गरे। “यो मेरो सानो प्रयास मात्र थियो। आज यसरी सम्मानित हुन पाउँदा गर्व महसुस भएको छ,” उनले प्रतिक्रिया दिए।

58Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected