२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026
खबर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

पोखरा भ्यूज। भाटभटेनी सुपरमार्केट तथा होमा विच जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री वितरणका लागि सहकार्यको थालनी भएको छ ।

अबदेखी जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमाद्वारा नेपाली बजारमा आयात तथा विक्री वितरण गरिने सम्पूर्ण उत्पादनहरु भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने भएका हुन् । होक्काईदो विजनेस ग्रुप नेपाल अन्तर्गतको होमाले सन् २०२३ देखी आधिकारीक रुपमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्हरु नेपाली बजारमा भित्र्याएको हो ।

भाटभटेनी सुपरमार्केटका कलंकी, पाटन, सातदोबाटो, भक्तपुर, महाराजगंज, कोटेश्वर तथा टोखा गरी सात स्थानबाट विशेष अफरहरु सहित जापानी उत्पादनको गुणस्तर र यसले आम जनताको स्किन हेल्थमा पार्ने सकारात्मक प्रभाव सम्बन्धि जनचेतनामुलक सन्देश प्रवाह गर्दे आधिकारीक विक्री वितरणको शुरुवात गरिएको हो ।

चैत्र १० गतेबाट शुरु गरिएका विभिन्न सचेतनात्मक कार्यक्रमहरुमा सहभागि हुने होमा तथा भाटभटेनीका ग्राहकहरुले होमा बाट विभिन्न अफरहरु, छुट, क्यास कुपन तथा फ्रि गिफ्टस प्राप्त गर्नसक्नुहुनेछ । यसका लागि भाटभटेनीमा रहेका होमा सेन्टर तथा भाटभटेनीका कस्टमर सर्भिस डेक्समा ग्राहकहरुले सम्पर्क राख्नु पर्नेछ ।

चैत्र १० गते देखी २० दिनका लागि संचालन हुने यस कार्यक्रममा सहभागी हुने मध्ये १४ जना भाग्यशाली ग्राहक हरेकले रु ५ हजार बराबरका होमाका उत्पादन जित्न सक्नुहुनेछ भने सहभागि हरेक ग्राहकले होमामा प्रयोग गर्न सकिने २० प्रतिशत छुटको गिफ्ट भौचर समेत प्राप्त गर्नुहुनेछ । साथमा होमाले आयात गर्ने एससेलेक्ट, टि थ्रि र जेटोक्क किड्स ब्राण्डका उत्पादनहरु उपहार स्वरुप प्राप्त गर्नुहुनेछ । यस अवधीमा भाटभटेनी सुपरमार्केट गएर होमाका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुले हरेक ३ हजारको खरिदमा एक हजार रुपैंया बराबरको गिफ्ट भौचर प्राप्त गर्नेछन्, जसको प्रयोग डेकाईडो बुढानिलकण्ठमा डाईनिङ् गर्दा होस् वा होमाका कुनै पनि सामाग्री खरिद गर्दा होस् प्रयोग गर्न सक्नेछन् ।

“नेपाली ग्राहकलाई जापानी उत्पादनको गुणस्तरीयताको अनुभूती दिलाउनु होमाको पहिलो लक्ष्य हो ।” कम्पनीका अध्यक्ष अर्जुन अधिकारी भन्नुहुन्छ, “लामो समय जापान बसेर त्यहाँका उत्पादनको गुणस्तरीयताको मापदण्ड, त्यसले जापानीजहरुको स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव बुझेपछी मलाई नेपालमा त्यस्ता प्रिमियम उत्पादन ल्याउन रहर लाग्यो । अनि यो संभव भएको हो ।” वहाँ अगाडी भन्नुहुन्छ, “होमा नेपाली बजारमा जापानी उत्पादनको आयातकर्ता बन्ने मात्र होईन भविष्यमा जापानी ब्राण्डका लागि नेपाली उत्पादक समेत बनेर निर्यातको लक्ष्य राखेको छ । हामीले नेपालमा हज्जारौं रोजगारी सृजनाको खाका कोरेका छौं । जसको यो शुरुवात हो ।”

विस दिन सम्म चल्ने यो सचेतनामुलक कार्यक्रमले जापानी हेल्थ एण्ड ब्युटी केयर प्रोडक्ट प्रति नेपाली उपभोक्ताको थप चासो विकास हुने अपेक्षा गरिएको छ ।

Read more

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…