
काठमाडौं । गरिमा विकास बैंकलाई प्रतिष्ठित “बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६” अवार्डबाट सम्मानित गरिएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा शुक्रबार काठमाडौंमा आयोजित “NewBiz Conclave & Business Excellence Awards” को दशौं संस्करणमा बैंकले उक्त सम्मान प्राप्त गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड वितरण समारोहमा आयोजक संस्थाका प्रतिनिधिले बैंकलाई सम्मान हस्तान्तरण गरेका थिए।

बैंकका अनुसार यो सम्मानले ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ। साथै, यस उपलब्धिले संस्थालाई आगामी दिनमा थप उत्कृष्ट सेवा प्रवाह गर्न प्रेरणा मिलेको जनाएको छ।
यस अवसरमा बैंकले निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
गरिमा विकास बैंकले यसअघि पनि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा विभिन्न सम्मान प्राप्त गरिसकेको छ। Indian Chamber of Commerce द्वारा २०२५ अगस्ट २९ मा आयोजित “Emerging Asia Banking Awards” अन्तर्गत बैंकले “The Best Bank / Best AI/ML Implementation” विधामा उत्कृष्ट अवार्ड जित्नुका साथै “Best MSME Acceleration” विधामा रनर-अप बन्न सफल भएको थियो।
त्यसैगरी, Corporate Club Nepal ले २०२५ फेब्रुअरी २५ मा आयोजना गरेको “HRM Awards for Corporate Excellence 2024” कार्यक्रममा समेत बैंक सम्मानित भएको थियो।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवामार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ।







सम्बन्धित खवर















