२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026
खबर

अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक गर्यों ६५ करोड ५० लाखको बजेट(पूर्ण पाठसहित)

Screenshot

पोखरा, असार १० — “कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार : अन्नपूर्ण समृद्धिको आधार” भन्ने मूल नारासहित अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड ५० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

गाउँसभाको २०औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले प्रस्तुत गरेको बजेटअनुसार चालुतर्फ ४८ करोड १४ लाख ५३ हजार रुपैयाँ तथा पूँजीगततर्फ १७ करोड ४४ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालका अनुसार सीमित स्रोत–साधनका बीच सन्तुलित कार्यक्रम तथा बजेट निर्माण गर्ने प्रयास गरिएको छ। स्वास्थ्य बीमा, बालविकास सहजकर्ताको पारिश्रमिक वृद्धि, कर्मचारी तलबमा भएको बढोत्तरी तथा शिक्षा, कृषि र पशु विकास क्षेत्रमा लगानी बढाउनुपरेकाले आर्थिक दायित्वमा थप चाप परेको उनले बताए। यसले पूर्वाधार विकासका लागि अपेक्षित बजेट विनियोजन गर्न कठिनाइ उत्पन्न गरेको भए पनि गाउँपालिकाले आन्तरिक आय वृद्धि गर्न उल्लेखनीय प्रयास गरेको उनको भनाइ छ।

बजेटले गाउँपालिकाका सबै वडालाई मध्यपहाडी लोकमार्गसँग जोड्ने सडक सञ्जाल विस्तार, बाह्रै महिना सञ्चालनयोग्य सडक पहुँच निर्माण तथा पुल र सडक स्तरोन्नति कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। यी कार्यक्रमका लागि समपूरक अनुदानसहित ११ करोड २६ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब १७.२ प्रतिशत हो।

यसअघि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई समृद्धिका प्रमुख आधारस्तम्भका रूपमा अघि सारिएको थियो।

“समृद्ध अन्नपूर्ण, सुखी अन्नपूर्णवासी” भन्ने दीर्घकालीन लक्ष्यलाई आत्मसात् गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास, सीपमूलक तथा व्यावसायिक शिक्षाको विस्तार र युवा प्रतिभा विकासका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।

त्यस्तै कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, ऊर्जा विकास तथा स्थानीय उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमार्फत गाउँपालिकालाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ। संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजस्व बाँडफाँट तथा अन्य अनुदानमा कटौती भए पनि स्थानीय स्रोतको अधिकतम परिचालन, आन्तरिक आम्दानी वृद्धि तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरी विकासलाई निरन्तरता दिने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ।

अधिवेशनमा उपाध्यक्ष तथा न्यायिक समिति संयोजक चन्द्रकला देवकोटा अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्षभर ५३ वटा उजुरी दर्ता भएकामध्ये ८३ प्रतिशत उजुरीको सफल निरूपण तथा फर्स्योट गरिएको छ।

यस्तै लेखा समितिका संयोजक पीताम्बर भण्डारीले लेखा समितिको प्रतिवेदन तथा विधायन समितिका संयोजक एकदेव देवकोटाले आर्थिक बिधेयक-२०८३ सभामा प्रस्तुत गरेका थिए।

गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, चालु तथा पूँजीगत बजेट र चालु आर्थिक वर्षको आय–व्यय विवरण सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

बजेटको पूर्ण पाठ

श्रद्धेय अध्यक्ष महोदय,

गाउँसभाका सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, पत्रकारतथा सुरक्षाकर्मीहरु सबैमा यस अन्नपूर्ण गाउँपालिकाको आगामी आ.व. २०८३/०८४ को वजेट प्रस्तुत गर्न आयोजित यस सम्मानित सभामा हार्दिक स्वागत तथा नमस्कार गर्न चाहन्छु । आज हाम्रो गाउँपालिकाका युवा पुस्ता, महिला वर्ग र आम नागरिकहरूको अपेक्षा र आकांक्षाको केन्द्रमा राखेर यो बजेट तर्जुमा गरिएको छ।

सर्वप्रथम नेपालको युगान्तकारी परिवर्तन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको निम्ति विभिन्न चरणका ऐतिहासिक जन-आन्दोलनहरूमा, राष्ट्र र जनताको लागि आफ्नो जीवन समर्पण गर्नुहुने ज्ञात अज्ञात वीर सहिदहरु प्रति सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।  

स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भई पाचौँ पटक बजेट प्रस्तुत गर्ने क्रममा आगामी आ.व. २०८३/०८४ कालागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई गर्व र उत्तरदायित्वको गहिरो अनुभूति भएको छ।  विगतका वर्षहरूका अनुभव र सिकाइलाई प्रयोग गर्दै, विशेषगरी युवा पुस्ताको रोजगारी, उद्यमशीलता र डिजिटल अवसरलाई केन्द्रमा राखेर यस वर्ष परिष्कृत रूपमा बजेट ल्याउने जमर्को गरेका छौं।

अन्नपूर्ण गाउँपालिकाको समग्र विकासको खाका तयार गर्नका लागि नीति कार्यक्रम तथा बजेट तर्जुमाका विभिन्न चरणहरुमा सहयोग पुर्याउनुहुने हाम्रो गाउँपालिकाका श्रद्धेय अध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु तथा गाउँपालिकाबासी दाजुभाइ, दिदीबहिनीहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

गाउँपालिकाको आ.व. २०८२/०८३ लगायत गत विगत वर्षका बजेट तथा कार्यक्रम सफल कार्यान्वयनका लागि अहम भुमिका खेल्नु हुने जनप्रतिनिधीज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु र सम्बन्धीत सबै पक्षमा हार्दिक आभार व्यक्त गर्दछु ।

नेपालको संविधान २०७२ मार्फत संघीयता संस्थागत गरी कार्यान्वयनको चरणमा छौं । वर्तमान समयमा युवा वर्गको बेरोजगारी, विदेश पलायन र जलवायु परिवर्तनको प्रभाव हाम्रो पालिकाका लागि प्रमुख चुनौती बनेका छन् । यी चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै ‘समृद्ध अन्नपूर्ण गाउँपालिका‘ बनाउने संकल्प गरेका छौं ।

अधिकारमा आधारित विकासको अवधारणा अनुसार स्थानीय बासीहरुलाई विकासमा मूल प्रबाहिकरण गर्ने र गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने अवस्था सुनिश्चित गर्नका लागि जनताको सबैभन्दा नजिकको सरकारको रुपमा प्रत्यक्ष सरोकारका उल्लेखित विषयहरुलाई सम्बोधन गर्नका लागि गाउँपालिकाबाट घोषित लक्ष्य र उद्देश्यका साथ जनताबाट प्राप्त भएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्नका लागि यस पालिकालाई “कृषि, पर्यटन, उर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार” को दीर्घकालिन लक्ष्य तय गरी नेपालको संविधान २०७२ को अनुसुची ८ र ९ मा उल्लेखित स्थानीय तहको एकल तथा साझा अधिकार सूची, संघीय र प्रदेश सरकारले प्रदान गरेको बजेट सिलिङ, स्थानीय सरकार संचालन ऐन २०७४, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७८, अन्नपूर्णगाउँपालिकाको आवधिक द्वित्तीय पञ्चवर्षीय योजना२०८१/०८२-२०८५/०८६, मध्यकालीन खर्च संरचना, गण्डकी प्रदेश सरकारको ऐन, नियम, नीति तथा कार्यक्रम, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शनहरु, दिगो विकासका लक्ष्यहरु, क्षेत्रगत राष्ट्रिय नीतिहरु तथा यस गाउँपालिकाबाट पारित नीति तथा कार्यक्रमहरु, पालिकाका सङ्कल्प तथा नीतिगत परिकल्पना, विद्वत समुदाय र जनस्तरबाट प्राप्त राय- सुझाव, स्थानीय स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति र विभिन्न माध्यमहरुबाट गरिएको प्रतिवद्धता एवम् घोषणा तथा गाउँ कार्यपालिकाका निर्णयहरु बमोजिम सहभागितामुलक योजना तर्जुमाप्रकृयाका चरणहरु अवलम्वन गरी आगामी आ.व. २०८३/०८४ का लागि यो बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

यस गाउँपालिकाको आगामी आ.व. को लागि कायम हुने बजेट सीमा भित्र रही कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न आर्थिक विधेयक, २०८३ सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न विनियोजन विधेयक २०८३, वार्षिक विकास कार्यक्रम२०८३ पेस गरेको छु ।

चालु आ.व. मा संघीय सरकारबाट समानीकरण अनुदानमा गरिएको कटौतीका कारण सम्पन्न भएका कतिपय विकास योजनाहरुको भुक्तानीमा चुनौती थपिएको छ । यस कारण हामीले पालिकाको आन्तरिक आम्दानी बढाउँदै स्थानीय श्रोतको पहिचान र परिचालन गर्दै जन आकांक्षाहरुको सम्बोधन गर्न प्रयत्न गर्नुपर्ने अवस्था छ । संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमै रहेकोले अन्तर सरकारको समन्वयलाई मजबुत र प्रभावकारी बनाउदै गाउँपालिकालाई प्राप्त सिमित स्रोत साधन समूचित उपयोग गरी सबै क्षेत्रहरुलाई समेटि समयमै कार्यान्वयन गर्न सक्ने गरी वजेटबाँडफाड गरिएको छ ।

बजेटका उद्देश्यहरु

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको मुख्यउद्देश्यहरु देहाय बमोजिम रहेका छन् ।

1. सामाजिक र आर्थिक रुपान्तरण मार्फत समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माण गर्ने,
2. कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी गाउँपालिकालाई कृषि उत्पादनमा आत्म निर्भरताका साथ निर्यात गरी आयआर्जनको माध्यम बनाउने,
3. युवा रोजगारी सृजना र उद्यमशीलता प्रवर्धनलाई सर्वोच्च प्राथमिकता दिई विदेश पलायन न्यूनीकरण गर्ने,
4. डिजिटल नेपाल फ्रेमवर्क अनुरूप ई-गभर्नेन्स, अनलाइन सेवा र डिजिटल साक्षरता विस्तार गर्ने,
5. पर्यटन क्षेत्रको विकास,पर्यटन प्रवर्धन  मार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई पर्यटनको माध्यमबाट समग्र गाउँपालिकाबासीको आर्थिकस्तर अभिवृद्धि गर्ने,
6. सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता, जवाफदेहिता र उत्तरदायित्व कायम गराउने,
7. आर्थिक विकास, गरिवी निवारण, सामाजिक न्याय र समतामूलक विकासको अवधारणालाई अगाडि बढाउदै अन्नपूर्णबासी जनताको जीवनस्तरमा अभिवृद्धि गर्ने,
8. उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने आयोजना तथा कार्यक्रम संचालन गरी जनताको जीवनस्तर अभिवृद्धि गर्ने,
9. दिगो र सन्तुलित विकास, वातावरणीय संरक्षण, तथा सम्वर्द्धन गर्दै दिर्घकालिन विकासको अवधारणालाई सघाउ पुर्‍याउने,
10. आर्थिक अनुशासन तथा वित्तिय सुशासन कायम गर्ने,
11. “कृषि, पर्यटन, उर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार” को दीर्घकालिन योजना तय गरी “पालिका बन्छ-वन्दैछ हाम्रो पाला” मा भन्ने सङ्कल्प पुरा गर्ने,
12. “समृद्ध अन्नपूर्ण, सुखी अन्नपूर्ण बासी” भन्ने अभियानलाई सार्थक बनाउनका लागि श्रम, सिप,प्रबिधि र पुँजीको व्यवस्थित परिचालन गर्ने,
13. आफ्नो टोल वडा मार्फत अन्नपूर्ण गाउँ हामी आफैं बनाउँअभियान सञ्चालन गरी समृद्ध अन्नपूर्ण निर्माणको लागि जागरण ल्याउने,

 

 

बजेटका प्राथमिकताहरू

सम्मुनत र समृद्ध अन्नपूर्ण निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले अनुशरण गरेको “कृषि, पर्यटन, उर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार”  भन्ने दिर्घकालीन दृष्टिकोणलाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८३/०८४ को बजेटमा देहायका क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिएको छु ।

1. जैविक मल उत्पादन र प्रयोगका माध्ययमबाट गुणस्तरीय कृषि उत्पादन गराइने,
2. कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायीकरण गर्ने,
3. अनुदान कार्यक्रम मार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,
4. कृषि पर्यटनलाइ जोड दिने,
5. कृषि पेसालाइ सम्मानित पेसाको रुपमा विकास गर्ने,
6. आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि तथा पशु सेवामा बीमा कार्यक्रम लागु गरी प्रभाबकारी कार्यान्वयन गर्ने,
7. स्वच्छ माटो, स्वच्छ बालीनाली अभियान कार्यक्रम सञ्चालन गर्ने,
8. किसान उत्थान कार्यक्रम सञ्चालन गर्ने,
9. पशुपंक्षी तथा मत्स्य विकासलाइ आधुनिकीकरण र व्यवसायीकरण र उत्पादनलाई बजारीकरणलाई उचित व्यवस्थापन गर्ने,
10. कृषकलाई पुरस्कृत र विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्ने,
11. “काम गरेर सिक्छ- देखेर विश्वास गर्छ” भन्ने नारालाईसार्थक बनाउन कृषकहरुलाई कृषि कर्ममा उत्प्रेरित सहित नमुना कृषक फर्महरुको अवलोकन सहित क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने,
12. पकेट क्षेत्र कार्यक्रमहरु सञ्चालन गर्ने,
13. गोठ देखि ओठ सम्म स्वच्छ दुध उत्पादन तथा उपयोगका लागि कार्यक्रमहरु सञ्चालन गर्ने,
14. स्थानीय कृषि, वन र जडिबुटी संग सम्बन्धित उत्पादन, व्यवसायीकरण, बजारीकरण गर्दै आय-आर्जनमा जोड दिने,
15. नागरिकहरुको स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य बीमा कार्यक्रमको अनुदान प्रभावकारी बनाउने,
16. अन्नपूर्ण आधारभूत अस्पताललाई विशेषज्ञ सेवा सहित सञ्चालन गर्ने,
17. भौतिक पूर्वाधार निर्माणमा गाउँपालिका केन्द्र र वडा केन्द्रहरुलाई जोड्ने रणनीतिक महत्वका सडकहरुको स्तरोन्नती गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्नेसाथै सडकहरुको स्तरोन्नतीको लागि पक्की ढलान सडक निर्माणका लागि जोड दिने,
18. “हामी बनाउँछौं, हाम्रो पालिका” उद्घोषलाइ सार्थक तुल्याउने,
19. उपयुक्त, भरपर्दो र गुणस्तरीय पूर्वाधार विकासमा जोड दिने,
20. गाउँपालिकाको प्रशासनिक केन्द्रको जग्गा प्राप्ति, पूर्वाधार निर्माण र गाउँपालिका अन्तर्गतका वडाका वडा कार्यालय भवनहरु, विद्यालय भवन लगायतका पूर्वाधार संरचनाहरु र अन्य संघ संस्था सामुदायिक भवन निर्माण गर्ने,
21. स्थानीय गोरेटो, घोडेटो तथा सिँढिबाटो निर्माण तथा सडक पूल र झोलुङ्गे पूलहरु निर्माण गर्ने,
22. गुणस्तरीय र समुचित खानेपानीको व्यवस्थापनका लागि प्रत्येक घरमा एक घर एक धारा जडान अभियान सम्पन्न गर्ने,
23. विद्यार्थिहरुलाई सुरक्षित छात्रावास, यातायात सहित शिक्षकलाई प्रोत्साहन गरी शैक्षिक सुधार गर्ने,  
24. पर्यटन पूर्वाधारहरुको निर्माण र विकासका साथ अन्नपूर्ण गाउँपालिका भित्रका पर्यटकीय सम्भावनाका क्षेत्रहरुको समूचित विकास गर्दै पर्यटन प्रवर्धनकाकार्यक्रम सञ्चालन गर्ने,
25. आयआर्जन, क्षमता विकास र सशक्तिकरणका साथ मानव संसाधनको विकास गरी गाउँपालिकालाई आकर्षण केन्द्रको रुपमा स्थापित गर्ने,
26. परम्परागत संस्कृति, मठ मन्दिर, गुम्बा तथा धार्मिक पर्यटकीय क्षेत्रहरुको संरक्षण तथा सम्बर्धन र घरेलु तथा साना उद्योगहरु एवम् सहकारी क्षेत्रको विकास गर्ने,
27. महिला, बालबालिका, आदीवासी जनजाति, दलित, जेष्ठ नागरिक, अपाङ्ग लगायत पछाडि परेका वर्गको उत्थान तथा विकास र सामाजिक सुरक्षा कार्यक्रम संचालन गर्ने,
28. सरसफाई तथा फोहोरमैला व्यवस्थापन, वन वातावरण संरक्षण र विपद् व्यवस्थापन, हरियाली प्रवर्द्धन र वातावरण मैत्री विकासलाई अगाडि बढाउने,
29. यस गाउँपालिकाबाट प्रवाह गरिने सेवालाई मितव्ययी, प्रभावकारी, उत्तरदायी, पारदर्शी र नतिजामुखीतुल्याउनको लागि आवश्यक संरचनागत, संस्थागत र जनशक्ति विकास गर्ने र प्रबिधि मैत्री सेवा प्रबाह मार्फत सरल, सहज, झन्झट मुक्त नागरिक मैत्री सेवा प्रदान गर्ने ।
30. पर्यटन क्षेत्रलाइ सुरक्षित, व्यवस्थित र नयाँ पर्यटकीय क्षेत्र पहिचान र विकास गर्ने,
31. स्थानीय कल, संस्कृति र चाडपर्वको मौलिकता प्रदर्शन गर्दै पर्यटन विकास र आय-आर्जनमा वृद्धि गर्ने,
32. सहकारी संस्थाहरुको सुदृढिकरणमा जोड दिने,
33. निःशुल्क तथा अनिवार्य आधारभूत तह र माध्यमिक तह सम्मको शिक्षालाई सार्थक बनाउन बालबालिकालाईविद्यालयमा प्रवेश गराउने, टिकाउने र सिकाउने कार्यक्रम सञ्चालन गर्ने,
34. “शिक्षकलाइ सम्मान गरौं- बालाबालिकालाई माया गरौं” आदर्श वाक्यलाई सार्थक तुल्याउने,  
35. पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने,
36. गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि शैक्षिक पूर्वाधारहरुको निर्माण, शिक्षक तथा विद्यार्थीहरुको उत्प्रेरणा अभिवृद्धि गर्ने,
37. शिक्षामा सुधार गर्नको लागि अध्यक्ष शैक्षिक सुधारकार्यक्रम सञ्चालन गर्ने,
38. हरियाली विद्यालय, बगैंचा र करेसावारी बनाउने,
39. स्वास्थ्य सेवालाई सहज, सर्वसुलभ, गुणस्तरीय र प्रभावकारी बनाउने,
40. मेरो स्वास्थ्य मेरो जिम्मेवारी पुरा गर्न नागरिकस्तरमा सचेतना गराउने,
41. स्वास्थ्य स्वयम्सेविकालाई थप यातायात सेवा सुविधा उपलब्ध गराउने,
42. लोक कला, साहित्य, संस्कृति, भेषभुषा, मौलिक भाषा, संगित क्षेत्रको पहिचान, संरक्षण र प्रवर्धन गर्ने,
43. खेलकुदलाइ गाउँपालिकाको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रुपमा विकास गर्ने,
44. छिटो छरितो न्याय, सवैमा न्यायको पहुँच पुर्याउने,
45. नागरिकस्तर सम्म कानूनी सचेतना पुर्याउने,
46. ज्येष्ठ नागरिक सम्मान कार्यक्रम,
47. अन्नपूर्ण समृद्धिको लागि नियमित तिरौँ कर- तिरेको कर विकास मार्फत फर्किन्छ घर-घर भन्ने मान्यतालाईअभियानको रुपमा सम्पादन गर्ने,
48. सबै क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउदै आर्थिक दक्षता वृद्धि गर्ने,
49. सामाजिक संरक्षण एवम् विकासका माध्यबाट सामाजिक न्याय कायम गर्ने,
50. सामाजिक क्षेत्रको गुणात्मक विकास गर्ने,  
51. गैर सरकारी संस्था संग समन्वय, सहकार्य र साझेदारीमा जोड दिने,

 

श्रद्धेय गाउँसभा अध्यक्षज्यू तथा गाउँसभा सदस्यज्यूहरु

अब म अन्नपूर्ण गाउँपालिकाको आर्थिक विधेयक २०८३सम्मानित गाउँसभा समक्ष प्रस्तुत गर्ने अनुमती चाहन्छु ।

प्रस्तावनाः अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानिय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न बाञ्छनिय भएको,

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम सम्मानित सभा समक्ष यो विधेयक पेस गरेको छु ।

 

श्रद्धेय सभाध्यक्ष महोदय,

म आगामी आ.व.को बजेट प्रस्तुत गर्नुभन्दा अगाडि गत आ.व. २०८१/०८२ को यथार्थ आय व्यय विवरण र चालु आ.व. २०८२/ ०८३ को संशोधित आय/व्यय विवरण संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।

प्रगती विवरण

 

क्र.स.

विवरण

आ.व. २०८१/०८२को यथार्थखर्च

प्रगती प्रतिशत

आ.व. २०८२/८३ कोसंशोधित अनुमान

हालसम्मको प्रगती प्रतिशत

१

चालु खर्च

३८ करोड ४०लाख ५४हजार ५ सय ४७.९५

८७.२८ %

३३ करोड ८३लाख ४ हजार ४१८.२८

७४.९५ %

२

पुँजिगत खर्च

१५ करोड १३लाख ५८हजार ५ सय २२.००

८४.५८ %

१० करोड २४लाख ७७हजार ४६२.००

४६.२१ %

जम्मा

५३ करोड ५४ लाख १३हजार ६९.९५

८६.५० %

४४ करोड ०७लाख ८६हजार ८ सय ८०.२८

६५.४८ %

 

 

अब म यस अन्नपूर्ण गाउँपालिकालाई आगामी आ.व. २०८३/०८४ को लागि स्रोत अनुमान तथा बजेटको सीमा निर्धारण समितिबाट कायम हुन आएको कुल वजेट रकम रु. ६५करोड ५० लाख ।- को शिर्षकगत आय विवरण देहाय बमोजिम प्रस्तुत गरेको छु । गत विगत आर्थिक वर्षको यथार्थ वित्तिय प्रगतीको समिक्षाका आधारमा आगामी आर्थिक वर्ष २०८३/०८४ मा वित्तिय प्रगती ९० प्रतिशत पुग्ने लक्ष्य लिएको छु ।

आर्थिक वर्ष २०८३/८४ को आय/व्यय अनुमान

क्र.स.

आय विवरण

रकम रु

क्र.स.

ब्याय विवरण

रकम रु

१

संघियसमानिकरण

११ करोड ७२ लाख

१

संघियसशर्त अनुदान

३१ करोड ६४ लाख

२

संघिय राजस्व बाँडफाँड

१२ करोड २८ लाख १३हजार

२

संघियसमपुरक अनुदान

७० लाख

३

सघियसमपुरक अनुदान

७० लाख

३

कार्यालयसंचालन तथा प्रशासनिक खर्च

२ करोड १०लाख

४

संघिय विशेष अनुदान

२ करोड १०लाख

४

विषयगतखर्च

१० करोड ६० लाख

५

संघिय सशर्त अनुदान

३१ करोड ६४ लाख

५

संघियविशेष अनुदान

१९ करोड ४६ लाख

८

प्रदेशसमानिकरण

१ करोड ३३लाख २४हजार

६

प्रदेशसमपूरक अनुदान

६० लाख

६

प्रदेश राजश्व बाडँफाडँ

१ करोड ६लाख ३७हजार ४८१ .५०

७

प्रदेशविशेष अनुदान

४० लाख

८

प्रदेशसमपूरक अनुदान

६० लाख

८

 

 

९

प्रदेश विशेष अनुदान

४० लाख

९

 

 

१०

आन्तरिक आय

३ करोड ५०लाख

१०

 

 

११

गत बर्षकोअल्या

१६ लाख २५हजार ५१८.५०

 

 

 

 

 

६५ करोड ५० लाख

 

 

६५ करोड ५० लाख  

 

श्रद्धेय सभाध्यक्ष महोदय,

माथि उल्लेखित प्रस्तावित आयको विवरण अनुसारको आगामी आ.व २०८३/०८४ को व्ययको लागि विषयगत समिति अन्तर्गत क्षेत्रगत बाँडफाँड देहाय बमोजिम हुने गरी प्रस्ताव गरेको छु ।

1. यस गाउँपालिकाका सबै वडाहरुलाई मध्यपहाडी लोकमार्गसँग जोड्न र सबै सडकहरुलाई बाह्रै महिना संचालनमा ल्याई सडक पँहुच स्थापित गर्नका लागि र अन्नपूर्ण गाउँपालिकाको चक्रपथ निर्माण र अन्य सडक निर्माण एवं स्तरोन्नती गर्नका लागि समपूरक अनुदान सहित विशेष प्राथमिकताका साथ रु. ११ करोड २६लाख ४७ हजार बजेट विनियोजन गरिएको छ ।  
2. यस गाउँपालिका अन्तर्गतको निर्माण गर्नुपर्ने, मर्मत तथा संभार गर्नुपर्ने वडा कार्यालय, स्वास्थ्य संस्था भवन तथा अन्य भवन निर्माण सम्पन्न गर्ने गरी लागत साझेदारीमा ५० लाख बजेटको व्यवस्था गरिएको छ ।
3. गाउँपालिकाको शान्ति सुरक्षा¸ सार्वजनिक सम्पत्तिको संरक्षण¸ बजार व्यवस्थापन¸वातावरणीय सरसफाई¸ अतिक्रमण नियन्त्रण तथा स्थानीय कानुनको प्रभावकारी कार्यान्वयनका लागि गाउँ प्रहरी व्यवस्थापन कार्यक्रमसंचालन आवश्यक बजेट विनियोजन गरेको छु ।
4. निर्माण सम्पन्न भएका गाउँपालिका अन्तर्गतका झोलुङ्गे पुलको दायित्व भुक्तानीको लागि रु. २० लाख बजेट विनियोजन गरिएको छ ।
5. जनतालाई सहज, सुरक्षित र भरपर्दो यातयात पहुँचमा गुणात्मक सुधार ल्याई आर्थिक तथा सामाजिक गतिविधिलाई थप गतिशील बनाउन लुम्ले-तानचोक-भिचुक-लान्द्रुक ग्रामिण सडक स्तरोन्नतिको लागि रु एक करोड विनियोजन गरेको छु।
6. हामी बनाउछौं, हाम्रो पालिका नीति अनुरुप गाउँपालिकाको प्रशासकीय भवनको लागि जग्गा प्राप्ति तथा भवन निर्माणको लागि रकम रु. ६० लाख विनियोजन गरिएको छ ।
7. यस गाउँपालिका अन्तर्गतको आर्थिक विकासको महत्वपूर्ण आधारका रुपमा रहेका पूर्वाधार संरचनाहरु निर्माण गर्नका लागि प्रति वडा रु.२५ लाखको दरले रु.२ करोड ७५ लाख बजेट व्यवस्था गरिएको छ
8. गाउँपालिका भित्रका सहिदहरुको उच्च सम्मानको लागि सहिद पार्क स्थापनाको लागि बजेट विनियोजन गरेको छु ।
9. गाउँपालिकाको कला, संस्कृति, साहित्य, संस्कार तथा संस्कृती प्रवर्धनका लागि अन्नपूर्ण प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनको लागि रकम रु. १० लाख विनियोजन गरेको छु ।
10. कृषि उत्पादन र उत्पादकत्वको अभिवृद्धि र कृषि क्षेत्रको आय आर्जनको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्नका लागि कृषि तथा पशु विकास तर्फ सर्शत अनुदानको कार्यक्रम वाहेक अतिरिक्त रकम रु. ७० लाख बजेट बिनियोजन गरिएको छ ।
11. व्यवसायीक कृषहरुको प्रोत्साहनको लागि दुग्ध, चल्ला तथा पशुपालनमा अनुदानको व्यवस्था गरेको छु ।
12. पालिकाबासीहरुलाई  गुणस्तरीय स्वास्थ्य सेवाको पँहुच सुनिश्चित गर्न, स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिकाको नीति र प्रतिबद्दता बमोजिम गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बिमा प्रिमियम रकम ७१.४३ प्रतिशत बाट बढाएर शत प्रतिशत पुर्याएको छु । बीमा अनुदान सहित स्वास्थ्य तर्फ रु. ९० लाख बजेट विनियोजन गरिएको छ ।
13. महिला स्वास्थ्य स्वयंसेविकाको लागि यातयात भत्तामा रु तिन सय रुपैयाँ थप गरी रु. आठ सय पुर्याएको छु  ।
14. दुर दराजका जनताहरुको स्वास्थ्य सेवा सुनिश्वितताका लागि  घान्द्रुक स्वास्थ्य चौकीमा सुविधा सम्पन्न स्वास्थ्य ल्यावको स्थापनाको लागि आवश्यक रकम विनियोजन गरेको छु ।  
15. आयुर्वेद सेवाको अभिवृद्धि गरी रोग प्रतिरोगात्मक क्षमताको विकास गर्ने, आयुर्वेद उपचार पद्धति, ध्यान शिक्षा तथा योग अभ्यासलाई कार्यान्वयन गर्नका लागि  रु. ५ लाख बजेट बिनियोजन गरिएको छ ।
16. गुणस्तरीय शिक्षा र सर्वसुलभ शिक्षाका लागि शैक्षिक पूर्वाधार, शिक्षक तथा विद्यार्थी उत्प्रेरणा अभिवृद्धि गर्नका लागि साथै गाउँपालिकामा कार्यरत बालविकास सहजकर्ता, विद्यालय कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनका लागि रु.१ करोड ५५ लाख, यस गाउँपालिका अन्तर्गत शैक्षिक क्षेत्र विकास कार्यक्रमका लागि रु. २५ लाख बजेट विनियोजन गरिएको छ ।
17. एस ई ई परीक्षामा शत् प्रतिशत विद्यार्थी उत्तीर्णगराउने विद्यालयलाई उचित प्रोत्साहनको लागि रु ५ लाख  बजेट विनियोजन गरेको छु ।
18. गाउँपालिका अन्तर्गतका सरकारी विद्यालयहरुका प्रधानाध्यापकको मनोवल उच्च बनाउनको लागि प्र.अ. भत्ता रकम रु. ५ सयले थप गरेको छु ।
19. संघीय सरकारबाट विनियोजित हुने दिवा खाजा कार्यक्रममा प्रति विद्यार्थी प्रति दिन रु ५ का दरले वृद्धिगरी रु २२ लाख ५० हजार  थप गरेको छु ।
20. संघीय सरकारको बजेट भाषण अनुसार कर्मचारीरुको बढेको तलब तथा प्रोत्साहन भत्ताको व्यवस्थालाईआवश्यक वजेट व्यवस्थापन गरेको छु ।  
21. सरकारी विद्यालयका निजी शिक्षकहरुको प्रोत्साहनको लागि पोसाक भत्ताको व्यवस्था गरेको छु ।
22. अन्नपूर्ण हाट बजार तथा व्यापार मेला सञ्चालन गर्नको लागि रकम रु. ३ लाख विनियोजन गरिएको छ ।
23. होमस्टे व्यवस्थापन तथा सञ्चालन अनुदानको लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
24. गाउँपालिका क्षेत्र भित्रको खेलकुदको विकास तथा प्रवर्धनको लागि रकम रु. ५ लाख विनियोजन गरिएको छ ।
25. महिला, बालबालिका तथा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, दलित, आदिवासी जनजाति उत्थान तथा सशक्तिकरण, लोक सेवा र शिक्षक सेवा आयोग तयारी कक्षा र उपध्यक्षसँग महिला कार्यक्रमका लागि रु. ३८ लाख बजेट विनियोजन गरिएको छ ।
26. बिपन्न विद्यार्थीका लागि प्राविधिक तथा उच्च शिक्षा छात्रवृत्ति संचालन गर्न रु १० लाख बजेट विनियोजनगरेको छु ।
27. ज्येष्ठ नागरिकहरु प्रति उच्च सम्मान स्वरुप धार्मिक स्थलहरुको भ्रमणका लागि रकम रु. ३ लाख विनियोजन गरिएको छ ।
28. नागरिकहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने र एक घर एक धारा अभियान कार्यक्रमलाई संचालन गर्नका लागि रु. ३० लाख बजेट विनियोजन गरिएको छ ।
29. आगामी आर्थिक वर्षमा विपद् व्यवस्थापन कार्यका लागि गत वर्ष देखि स्थापित अन्नपूर्ण गाउँपालिका विपद् व्यवस्थापन कोषमा रु. ५० लाख बजेट विनियोजन गरिएको छ । उक्त कोषलाई प्राकृतिक तथा दैविक विपत्तीमा राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि प्रयोग गरिनेछ ।
30. गाउँपालिकाको मुख्य बजार क्षेत्रहरुमा फोहोरमैलाको व्यवस्थापनको लागि फोहोरमैला प्रशोधन केन्द्र स्थापनाको लागि रु. १० लाख बजेट विनियोजन गरिएको छ ।
31. मानव संसाधन तथा संस्थागत क्षमता विकास, राजस्व परिचालन, वित्तिय व्यवस्थापन, वित्तिय जोखिम न्युनिकरण, सार्वजनिक सुनुवाइ, सामाजिक परिक्षण,आन्तरिक नियन्त्रण प्रणाली,  प्रभावकारी सेवा प्रवाह,सुशासन, उत्तरदायित्व र पारदर्शिता, हेलो अन्नपूर्ण कार्यक्रम, तथ्याङ्क संकलन र अन्तरनिकाय समन्वय जस्ता विविध कार्यक्रमका लागि रु. ७५ लाख बजेट विनियोजन गरिएको छ ।
32. गाउँपालिका भित्रका सहकारी, वित्तीय संस्थाको क्षमता अभिवृद्धि, प्रवर्धन र विकास कार्यक्रमका लागि रु. ४लाख विनियोजित गरिएको छ ।
33. परम्परागत प्राचीन मौलिक संस्कार संस्कृतिको संरक्षण, जगेर्ना, विकास र प्रवर्धनका लागि ढिकुरपोखरीमा संचालन हुने तिज विशेष मेला कार्यक्रम, भदौरेको कोदो महोत्सव, प्रविण गुरुङ गायन प्रतियोगिता लुम्ले, कबिता गाउँ लुम्ले, अन्नपूर्ण म्याराथुन घान्द्रुक, हनी हन्टिङ प्रतियोगिता लान्द्रुक, फागु महोत्सव विरेठाँटी तथा तिज मेला मोहरिया, सेन्चुरी लोसार महोत्सव, शितल गुफा महोत्सव, तमु धि ल्होसार महोत्सव लगायतका गाउँपालिकाका विभिन्न स्थानहरुमा संचालन हुने मेला, पर्व, महोत्सवमा दिईने अनुदान तथा सहयोगलाई समेत बजेटमा सम्वोधन गरिएको छ ।
34. वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलाप कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन न्यायिक समिति सदस्य र मेलमिलाप कर्ताहरुको क्षमता विकासका लागि अभिमुखीकरण तालिम तथा न्यायिक निरुपण कार्यक्रम संचालन गर्न रु. ८ लाख बजेट विनियोजन गरेको छु ।
35. कानुनी सचेतना र कानुन सम्वन्धी अभिमुखिकरण गर्न आधारभूत र माध्यमिक विद्यार्थीहरु, टोल सुधार समिति, आमा समूह, युवा क्लवका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन आवश्यक बजेट विनियोजन गरेको छु ।
36. गाउँपालिका भित्र विद्यमान सामाजिक कुरिती उन्मुलन तथा अति विपन्न तथा हिंसामा परेको  असहाय, अनाथ कोषका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
37. गाउँपालिकाको विकासका लागि युवा परिचालन गर्न प्राविधिक तथा उच्च शिक्षा छात्रवृति, स्काउट तथा युवा परिषद् सम्बन्धी कार्यक्रम समेत बजेटमा समावेश गरिएको छ ।
38. गाउँपालिका कार्यालय, वडा कार्यालय संचालन प्रशासनिक तथा चालु खर्च तर्फ रु १० करोड ६० लाख बजेट बिनियोजन गरेको छु ।

सुशासन तथा संस्थागत विकास

(मानव संसाधन विकास, संस्थागत क्षमता विकास, राजस्व परिचालन, वित्तिय व्यवस्थापन संस्थागत, वित्तिय जोखिम न्युनिकरण सार्वजनिक सुनुवाइ सामाजिक परिक्षण आन्तरिक लेखा परिक्षण तथा आन्तरिक नियन्त्रण प्रणाली अन्तिम लेखा परिक्षण तथा बेरुजु फर्छयौट सेवा प्रवाह मापदण्ड निर्धारण, सेवा प्रवाहमा विद्युतिय सूचना प्रविधिको प्रयोग, नागरिक सन्तुष्टी सर्वेक्षण र अन्तरनिकाय समन्वय)

१

सामाजिक परीक्षण

१ लाख

२

सार्वजनिक सुनुवाई चौमासिक

३ लाख

३

कर्मचारी अवकाश कोष

४८ लाख

४

गाउँपालिका विशेष कार्यक्रम एवम् दिवस

४ लाख

५

मेलमिलापकर्ताको अभिमुखीकरण तथा तालिम

४ लाख

६

पदाधिकारी तथा कर्मचारी  क्षमता विकास

१ लाख

७

पर्यटन सुचना केन्द्र संचालन तथा लागत साझेदारी कार्यक्रम समेत

४ लाख

८

सूचना प्रविधि अध्यावधिक

२ लाख

९

उपभोक्ता समिति तथा टोल विकास समितिको  तालिम तथा अभिमुखीकरण

२ लाख

१०

न्यायिक समिति तथा न्यायिक निरुपण कार्यक्रम

४ लाख

११

सुचनामुलक होर्डिङ्ग बोर्ड

२ लाख

 

जम्मा

७५ लाख

पूर्वाधार विकास

(सडक तथा पुल सिंचाई भवन तथा सहरी विकास उर्जा लघु तथा साना जलविधुत  संचार)

१

स्थानीय सडक मर्मत संभार कोष

गापा

५० लाख

२

स्थानीय झोलुङ्गे पुल साझेदारी कार्यक्रम

गापा

२० लाख

३

गाउँपालिका केन्द्र जग्गा प्राप्ती तथा पुर्वाधार निर्माण

गापा

६० लाख

४

गत आ.व को दायित्व बाँकी

गापा

२ करोड ५० लाख

५

पदमार्ग\सिढिबाटो निर्माण

गापा

१० लाख ४७हजार

६

लागत साझेदारीमा वडागत सिचाई योजना

गापा

१५ लाख

७

अधुरो आयोजना

गापा

२५ लाख

८

शहिद पार्क निर्माण

गा पा

३ लाख

९

प्यलु संघ क्होइबो धि

गा पा

१५ लाख

११

लुम्ले तान्चोक भिच्चुक लान्द्रुक ग्रामिण सडक स्तरोन्नती

 

१ करोड

१२

पालिकास्तरिय योजनाहरु

 

६८ लाख

 

 

 

९करोड१६लाख ४७हजार

 

वातावरण तथा विपद व्यवस्थापन

(वन तथा भुसंरक्षण जलाधर संरक्षण वातावरण संरक्षण जलवायु परिवर्तन फोहोरमैला व्यवस्थापन जल उत्पन्न प्रकोप नियन्त्रण विपद व्यवस्थापन वारुण यन्त्र संचालन sanitary land fill sites)

१

संयुक्त सहयोग कार्यक्रम (पाइप खरिद)

५० लाख

२

तार जाली तथा ग्याबिन खरिद

 

३

भूक्षय तथा पहिरो नियन्त्रण

 

४

ल्यान्डफिल साईट सम्भाव्यता अध्ययन

 

५

विपद व्यवस्थापन कोष

 

६

फोहोरमैला व्यवस्थापन

१० लाख

७

विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (यन्त्रिक पुल गापा भवन डिपिआर लगायत)

२० लाख

८

विपद पूर्व तयारी कार्यक्रम लगायत

२ लाख

 

जम्मा

८२ लाख

 

आर्थिक विकास

(कृषि उद्योग तथा वाणिज्य पर्यटन सहकारी वित्तिय क्षेत्र)

१

उद्योग वाणिज्य तथा वित्तिय संस्था

गा पा

१ लाख

२

सहकारी विकास शाखा

गा पा

३ लाख

३

पशु सेवा शाखा

गा पा

३५ लाख

४

कृषि शाखा

गा पा

३५ लाख

५

एक घर एक करेसाबारी कार्यक्रम

गा पा

१ लाख

६

दुग्ध, चल्ला तथा पशुपालन अनुदान

गापा

२० लाख

५

कोसेली घर स्थापना तथा संचालन

गा पा

५ लाख

७

पशु बिमा

गापा

१ लाख

८

हरितालिका तिज विशेष मेला कार्यक्रम, ढिकुरपोखरी

वडा नं १-३

५ लाख

९

कोदो महोत्सव, भदौरे

वडा नं ४

५ लाख

१०

शितलगुफा धार्मिक महोत्सव

वडा न ५

२ लाख

११

कविता गाउ लुम्ले

वडा नं ६

२ लाख

१२

प्रविण गुरुङ्ग गायन प्रतियोगिता लुम्ले

वडा नं ८

२ लाख

१३

फागु महोत्सव, बिरेठाँटी तथा तिज मेला मोहोरिया

वडा नं ७-११

२ लाख

१४

हनि हन्टिङग महोत्सव,

वडा नं १०-११

२ लाख

१५

अन्नपूर्ण म्याराथुन, घान्द्रुक

वडा नं १०-११

५ लाख

१६

घान्द्रुक पर्यटन महोत्सव

वडा न ११

५ लाख

१७

सेन्चुरी ल्होसार महोत्सव

गा पा

५ लाख

१८

तमु धि ल्होसार महोत्सव

गा पा

२ लाख

१९

अन्नपुर्ण हाटबजार तथा व्यापार मेला

गा पा

३ लाख

२०

अन्य पर्व मेला महोत्सव

गा पा

१ लाख

२१

होमस्टे प्रवर्द्धन कार्यक्रम

 

३ लाख

२२

साईकल ट्रयाक स्तरोन्नती

 

३ लाख

 

जम्मा

 

१ करोड ४८लाख

 

सामाजिक विकास

(शिक्षा स्वास्थ्य खानेपानी तथा सरसफाई संस्कृति प्रवद्धन लैगिक समानता तथा समाजिक समावेशीकरण)

१

शिक्षा विकास कार्यक्रम

गापा

२५ लाख

२

SEE मा शतप्रतिशत उत्तीर्ण विद्यालयलाई प्रोत्साहन अनुदान

गापा

५ लाख

३

स्वास्थ्य सेवा कार्यक्रम

गापा

३० लाख

४

दरबन्दी नभएका ईसिडी शिक्षक लगायतको तलब अनुदान

गापा

१० लाख

५

सरकारी विद्यालयका विद्यार्थिलाई छात्रवास  संचालन अनुदान

गापा

५ लाख

६

स्वास्थ्य बिमा कार्यक्रम

गापा

९० लाख

७

सट्टा शिक्षक

गापा

१ लाख

८

निजि शिक्षक पोशाक भत्ता

गापा

३ लाख

९

प्रधानाध्यापक प्रोत्साहन भत्ता

गापा

३ लाख १२ हजार

१०

प्रति विद्यार्थी रु ५ का दरले दिवा खाजा रकम थप

गापा

२२ लाख ५० हजार

११

स्वास्थ्य शिविर संचालन खर्च

गापा

५ लाख

१२

घान्द्रुक स्वास्थ्य चौकीमा ल्याब स्थापना तथा संचालन

गापा

४ लाख

१३

जेष्ठ नागरिक धार्मिक स्थल भ्रमण

गापा

३ लाख

१४

स्वंयसेविका यातयात भत्ता थप

गापा

११ लाख

१५

शिक्षक, ईसिडी शिक्षक तथा विद्यालय कर्मचारी तलब थप

गापा

१ करोड ५५ लाख ३ हजार

१६

उपाध्यक्षसँग महिला कार्यक्रम तथा बालबालिका लक्षित कार्यक्रम

गापा

२० लाख

१७

दलित क्षमता विकास तथा सशक्तिकरण कार्यक्रम

गापा

५ लाख ५० हजार

१८

आदिवासी जनजाती क्षमता विकास तथा सशक्तिकरण कार्यक्रम

गापा

५ लाख ५० हजार

१९

युवा तथा खेलकुद कार्यक्रम

गापा

५ लाख

२०

जेष्ठ नागरिक तथा अपाङ्ग लक्षित कार्यक्रम

गापा

२ लाख

२१

एकल महिला क्षमता विकास तथा सामाजिक सुरक्षा कोष

गापा

२ लाख

२२

सामाजिक कुरिति उन्मूलन एवम् लैंगिक उत्तरदायी बजेट परिक्षण

गापा

१ लाख

२३

अति विपन्न तथा असाहय अनाथ हिंसामा परेको सहयोग कोष

गापा

१ लाख

२४

अन्नपूर्ण गाउँपालिका विभिन्न खानेपानी योजना

गापा

३० लाख

२५

आयुर्वेद कार्यक्रम

गापा

५ लाख

२६

प्राविधिक तथा उच्च शिक्षा छात्रवृत्ति (विपन्न)

गा पा

१० लाख

२७

परम्परागत धार्मिक संस्कृति संरक्षण (कोट मौला मन्दिर पुजा समेत)

गापा

३ लाख ५० हजार

२८

मठमन्दिर कुवा चौतारी पोखरी पौवा धारा संरक्षण  कार्यक्रम

गापा

१० लाख

२९

गुरुङ्ग भाषा तथा होटल म्यानेजमेन्ट शिक्षक तलब

वडा नं १

११ लाख ३८ हजार

३०

लोक सेवा आयोग तथा शिक्षक सेवा आयोग कक्षा संचालन साझेदारी

गापा

५० हजार

३१

TVET साझेदारी कार्यक्रम

गापा

५० लाख

३२

स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन

वडा नं ९

१९ लाख

३३

कला साहित्य संस्कार तथा सस्कृती प्रवर्द्धन (गाउँपालिका प्रज्ञा प्रतिष्ठान समेत)

गापा

१० लाख

 

जम्मा

 

५ करोड १४ लाख ५३हजार

 

समपुरक कोष

१

विरेठाटी मोहरिया फुलिवाङ्ग चाने सडक (संघ)

वडा नं ८

७० लाख

२

काँडे-भदौरे-सल्यान-पुरानागाँउ ग्रामिण सडक स्तरोन्नति योजना अन्नपूर्ण ४,५ (प्रदेश)

वडा नं ४,५

६० लाख

३

स्वीकृत गुरुयोजनाका आधारमा साझेदारीमा विद्यालय पुर्वाधार विकास

गापा

३० लाख

४

लागतमा साझेदारी कार्यक्रम (जिल्ला समन्वय समिति समेत)

गापा

५० लाख

 

जम्मा

 

२ करोड १० लाख

 

विनियोजन विधेयक¸ २०८३

अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यहरुको लागि स्थानिय संचित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

 

प्रस्तावना: अन्नपूर्ण गाउपालिकाको आर्थिक वर्ष २०८३।८४ को सेवा र कार्यहरुको लागि संचितकोष केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वान्छनिय भएकोले नेपालको संविधानको धारा २२९ को उपधारा २ बमोजिम अन्नपूर्ण गाउँसभाले यो ऐनको विधेयक पेश गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम ” अन्नपूर्ण गाउपालिकाको विनियोजन ऐन¸२०८३” रहेको छ ।

(२) यो ऐन २०८३ श्रावण १ देखि प्रारम्भ हुनेछ।

२. आर्थिक वर्ष २०८३।०८४ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार (१) आर्थिक वर्ष २०८३।०८४ को निमित्त गाउँकार्यपालिका वडा समिति¸ विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखीत चालु खर्च¸ पूँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ६५,५०,००,०००। (पैसठ्ठी करोड पचास लाख मात्र । ) मा नबढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट खर्च गर्न सकिने छ ।

३. विनियोजन

(१) यस ऐन द्वारा संचितकोषबाट खर्च गर्ने अधिकार दिएको रकम आर्थिक वर्ष २०८३।८४ निमित्त अन्नपूर्ण गाउपालिकाको गाउकार्यपालिका¸ वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिऐको भयता पनि कार्यपालिका¸ वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिन आऐमा गाउ कार्यपालिकाको बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकासा र खर्च जनाउन सकिने छ । पूँजिगत खर्च र वित्तिय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तिय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिऐको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्विकृत रकमको १५ प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्विकृति लिनुपर्नेछ ।

 

 

 

अनुसुचि १  

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम संचितकोषबाट विनियोजन हुने रकम

क्र स

अनुदान संख्या

शीर्षकको नाम

चालु खर्च

पूजिगत खर्च

वित्तिय व्यवस्था

जम्मा

१

 

गाउँकार्यपालिका

१०करोड १०लाख

५० लाख

 

१० करोड ६०लाख

२

 

वडा समिति

०

३ करोड

 

३करोड

३

 

विषयगत शाखा

 

 

 

 

 

 

वातावरण तथा विपद व्यवस्थापन कोष

१२लाख

७०लाख

 

८२लाख

 

 

सुशासन तथा संस्थागत विकास

७३लाख

२ लाख

 

७५लाख

 

 

आर्थिक विकास समिति

१ करोड ७४लाख

३१ लाख

 

२करोड ०५लाख

 

 

सामाजिक विकास समिति

३५करोड ३६लाख ५३हजार

८५ लाख

 

३६करोड २१लाख ५३हजार

 

 

पूर्वाधार विकास समिति

 

१२करोड ०६ लाख ४७हजार

 

१२करोड ०६लाख ४७हजार

४

 

ऋणको सावा व्याज भुक्तानी

 

 

 

 

५

 

लगानी (शेयर/ऋण)

 

 

 

 

 

 

कुल जम्मा

४८करोड ०५लाख ५३हजार

१७करोड ४४लाख ४७हजार

०

६५करोड ५० लाख

श्रद्धेय गाउँसभाका अध्यक्ष महोदय तथा यस सभाका सदस्यज्यूहरु,

अन्त्यमा, प्रस्तुत बजेट तर्जुमाको सिलसिलामा हरवखत अमूल्य सुझाव दिई सहयोग गर्नुहुने श्रद्धेय गाउँपालिकाका अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरु तथा निर्वाचित पदाधिकारीज्यूहरु, गाउँपालिकामा क्रियाशिल राजनैतिक दलका पदाधिकारी ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत एवम् राष्ट्रसेवक कर्मचारीहरु लगायत सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद दिन चाहन्छु । बजेट तर्जुमाका विभिन्न चरणहरुमा सहभागी भई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउनु हुने सम्पूर्ण गाउँपालिका बासीहरु एवम् आम नागरिकहरुमा धन्यवाद दिन चाहन्छु । यस गाउँपालिकाले लिएका दीर्घकालिन नीति कार्यक्रम तथा बजेट र आगामी आ.व.को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेमा अन्नपूर्ण गाउँपालिकाको भौतिक पूर्वाधार लागयत आर्थिक, सामाजिक, सांस्कृतिक एवम् मानव विकासका क्षेत्रमा सकारात्क प्रभाव पर्ने देखिएकोले यसको सफल कार्यान्वयनका लागि सम्वद्ध सबै पक्षहरुबाट सदाझै निरन्तर सहयोगको आवह्वान गर्दै प्रस्तुत बजेटको दफावार छलफलमा यस सभाबाट प्राप्त थप रचनात्मक सुझावहरुको अपेक्षा सहित, हार्दिक कृतज्ञता प्रकट गर्दै, पुनः सबैमा धन्यवाद सहित विदा हुन्छु ।

नमस्कार, जय अन्नपूर्ण ।

      चन्द्रकला अधिकारी

   उपाध्यक्ष एवम् अन्नपूर्ण गाउँपालिका

     बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक

१०, असार २०८३

 

Read more

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…