0Shares

काठमाडौं  । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको महत्वपूर्ण नीतिगत कार्यक्रम एड्भाइजरी काउन्सिल बैठक आगामी साउन २ र ३ गते चितवनको जुगेडीस्थित रिजेन्ता रिसोर्टमा आयोजना हुने भएको छ।

डिष्ट्रिक्टले चालु कार्यकालभरि सञ्चालन गर्ने नीति, योजना, कार्यक्रम तथा कार्यप्रणालीबारे व्यापक छलफल गर्दै आगामी गतिविधिलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको डिष्ट्रिक्ट चिफ एड्भाइजर ऋषि गिरीले जानकारी दिए।

उनका अनुसार बैठकमा एड्भाइजरी काउन्सिल सदस्यहरूको अनुभव, सुझाव, मार्गदर्शन तथा परामर्शलाई विशेष प्राथमिकता दिइनेछ। डिष्ट्रिक्टको संस्थागत सुदृढीकरण, सेवा कार्यक्रमको प्रभावकारिता र भावी कार्यदिशाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ।

नारायणी नदीको रमणीय किनारमा अवस्थित रिजेन्ता रिसोर्टमा आयोजना हुने उक्त कार्यक्रम फेलोसिपसहितको आवासीय बैठकका रूपमा सञ्चालन हुनेछ। रिसोर्टको आवासीय क्षमता सीमित रहेकाले सहभागी हुन इच्छुक सदस्यहरूलाई समयमै दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गर्न डिष्ट्रिक्ट चिफ एड्भाइजर ऋषि गिरीले अनुरोध गरेका छन्।

गिरीका अनुसार यो बैठकले डिष्ट्रिक्टको भावी रणनीति तय गर्नुका साथै नेतृत्वबीच समन्वय, सहकार्य र साझा प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected