पोखरामा बृहत् वृक्षारोपण कार्यक्रम हुँदै, गण्डकीका सम्पूर्ण लायन्स क्लबलाई सहभागिताको आह्वान
- July 13, 2026
- 144

पोखरा। वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स डिष्ट्रिक्ट ३२५ आइ नेपाल अन्तर्गतको वातावरण सचेतना बिभागको व्यवस्थापनमा श्रावण २ गते, शनिबार पोखरामा बृहत् वृक्षारोपण कार्यक्रम आयोजना हुने भएको छ। पोखरा महानगरपालिका–१४ स्थित पुष्करिणी परोपकार गोकुलधाम, बाच्छी बुडुवा बास्यायन क्षेत्र (पुरानो ल्यान्डफिल साइट) मा हुने वृक्षारोपण कार्यक्रम बिहान ७:३० बजे सुरु हुनेछ।
कार्यक्रममा अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्साल, डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसी तथा डीजी टिमको विशेष उपस्थिति रहने कार्यक्रम संयोजक गंगा विलास लोहनीले जनाए। कार्यक्रमका मेन्टर असिस्टेन्ट चिफ एड्भाइजर सूर्य नारायण बरालको मार्गदर्शनमा सञ्चालन हुने यस अभियानमा गण्डकी क्षेत्रका सम्पूर्ण लायन्स क्लबहरूलाई उत्साहपूर्वक सहभागी हुन अनुरोध गरिएको छ
गंगा विलास लोहनी संयोजक रहेको टिममा डिष्ट्रिक्ट को-अर्डिनेटर शोभा बानियाँ तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु प्रसाद लामिछानेलगाएत रहेका छन्। उनीहरुले वातावरण संरक्षणको यस अभियानलाई सफल बनाउन सबै क्लब तथा सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि अपिल गरेका छन्।
















