२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026
खबर

सामाजिक अभियन्ता मनबहादुर रोका एलसीआईएफको सोसियल एम्बेसडरमा नियुक्त

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय, मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल म्यागाजिन चिफ एडिटर तथा लायन्स अभियानका सक्रिय अभियन्ता मनबहादुर रोका लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) को Constitutional Area VI अन्तर्गत Social Ambassador पदमा नियुक्त भएका छन्।

लायन्स मल्टिपल डिष्ट्रिक्टका को–अर्डिनेटर तथा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सनसमेत रहेका रोकालाई LCIF का मानवीय, सामाजिक तथा सेवामूलक अभियानलाई डिजिटल माध्यमबाट व्यापक रूपमा प्रवर्द्धन गर्ने जिम्मेवारीसहित सो पदमा नियुक्त गरिएको हो।

नयाँ जिम्मेवारीअन्तर्गत रोकाले LCIF का कार्यक्रम, मानवीय सहायता, सामाजिक उत्तरदायित्व तथा समुदायकेन्द्रित सेवाका गतिविधिलाई सामाजिक सञ्जाल तथा अन्य डिजिटल सञ्चार माध्यममार्फत प्रभावकारी रूपमा प्रवर्द्धन गर्नेछन्। यसबाट नेपाललगायत Constitutional Area VI अन्तर्गतका क्षेत्रमा LCIF का अभियान र सेवाको पहुँच तथा प्रभाव विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लायन्स अभियानमा लामो समयदेखि सक्रिय रहेका रोकाले यसअघि विभिन्न नेतृत्वदायी तथा संस्थागत जिम्मेवारी सम्हालिसकेका छन्। लायन्स अभियान, सामाजिक सेवा तथा सञ्चार क्षेत्रमा हासिल गरेको उनको अनुभवले LCIF का उद्देश्य र मानवीय सेवाका कार्यक्रमलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा थप प्रभावकारी रूपमा प्रस्तुत गर्न योगदान पुग्ने विश्वास गरिएको छ।

रोकाको नियुक्तिलाई नेपालमा LCIF का मानवीय सेवा र सामाजिक अभियानलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ। विशेषगरी सामाजिक सञ्जालको बढ्दो प्रभावलाई उपयोग गर्दै सेवाका उपलब्धि, मानवीय सहयोगका अभियान र समुदायमा पारिएको सकारात्मक प्रभावलाई विश्वव्यापी लायन्स समुदाय तथा आम जनसमक्ष पुर्‍याउन उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

रोकालाई लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर सूर्य केसीले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन्। केसीले रोकाले नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै LCIF को प्रभाव र पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

लायन्सको मूल भावना “Serve, Share, Inspire” लाई आत्मसात् गर्दै रोकाको नयाँ जिम्मेवारीले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सहयोगका अभियानलाई अझ व्यापक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक प्रभाव सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Read more

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको…