0Shares

लुम्बिनी — विनोदबहादुर कुँवरले लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका छन्। नेपाल सरकारको सचिवमा बढुवा भएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदबहाली गरेका हुन्।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिवमा बढुवा भएका कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको हो।

पदबहालीपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मन्त्रालयका सचिव तथा कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरिएको थियो। कार्यक्रममा प्रमुख सचिव कुँवरले प्रदेश सरकारका कामलाई प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन कर्मचारीबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिन निर्देशन दिए।

उनले प्रदेशमा सञ्चालन भइरहेका पूर्वाधार तथा विकास निर्माणका काम निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीबाट गुनासो नआउने गरी काम गर्न पनि उनले कर्मचारीलाई आग्रह गरे।

कुँवरले प्रशासनिक काममा ढिलासुस्ती नगर्न, जिम्मेवारीप्रति जवाफदेही बन्न र नागरिकले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्न कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

परिचयात्मक कार्यक्रमपछि प्रमुख सचिव कुँवरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटवार्ता गरेका छन्। भेटमा प्रदेश सरकारको प्रशासनिक कामकारबाही तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected