0Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवारी दिने नेताले त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवारी दिन नपाउने भएका छन्। केन्द्रीय निर्वाचन समितिले पार्टी विधानको व्यवस्थालाई स्पष्ट पार्दै यस्तो जानकारी दिएको हो।

समितिका अनुसार कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा आफूले प्रतिस्पर्धा गरेको तहभन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिमा उम्मेदवार बन्न पाउने छैन। यसअनुसार महाधिवेशनमा केन्द्रीय पदका लागि उम्मेदवारी दिनेहरू प्रदेश वा जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्नबाट रोकिनेछन्।

यस्तै, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिले पनि महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवारी दिन नपाउने निर्वाचन समितिले स्पष्ट गरेको छ।

निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला समितिले विधानको यही व्यवस्थाअनुसार उम्मेदवारीको योग्यता निर्धारण हुने जनाएको छ। यसले एउटै अधिवेशन अवधिमा विभिन्न तहमा उम्मेदवारी दिने सम्भावनालाई रोक्ने देखिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected