0Shares
Screenshot

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले केन्द्रीय सदस्य (अल्पसंख्यक) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अर्थपूर्ण प्रतिनिधित्व, युवा सहभागिता र सांगठनिक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै शेरचनले उम्मेदवारी दिएका हुन्।

उनको प्रतिबद्धता छ— ‘विश्वासलाई जिम्मेवारीमा, प्रतिनिधित्वलाई परिणाममा र संगठनलाई जनसेवामा रूपान्तरण गर्ने।’

उनले अल्पसंख्यक समुदायको आवाजलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्ने तथा प्रतिनिधित्वलाई अवसर र सहभागितासँग जोड्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षका रूपमा खेलकुदमार्फत युवा सहभागिता, नेतृत्व विकास र सामाजिक एकतामा काम गरेको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन्।

पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र स्वस्थ पुस्तान्तरणलाई प्राथमिकता दिने बताउँदै शेरचनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मतदान गर्न अपिल गरेका छन्।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected