२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026
खबर

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन।

पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी (BAIC) र आर्कफक्स (ARCFOX) ले पोखरामा आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएका छन्। पोखराको अमरसिंह चोकमा स्थापना गरिएको सोरुमको औपचारिक उद्घाटन गरिएको हो।

नेपालका लागि यी दुवै ब्रान्डका आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबले नयाँ सोरुममार्फत पोखरा तथा गण्डकी प्रदेशका ग्राहकलाई आधुनिक प्रविधियुक्त सवारीसाधन उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

नयाँ सोरुममा बीएआईसीको हाइब्रिड एसयूभी बीजे३०ई र आर्कफक्सको पूर्ण विद्युतीय कार टी१ उपलब्ध छन्।

आर्कफक्स टी१ (LV3) को मूल्य ३७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। ७० किलोवाट क्षमताको मोटर र ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको यस गाडीले एकपटक पूर्ण चार्जमा ३१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

यसमा इको, स्पोर्ट्स, कम्फर्ट र पर्सनलाइज्ड गरी चारवटा ड्राइभिङ मोड उपलब्ध छन्। कम्पनीका अनुसार प्रयोग गरिएको ब्याट्री ३ हजार ५०० पटक चार्ज गर्दा पनि ८५ प्रतिशत स्वास्थ्य क्षमतामा कायम रहन सक्छ।

बीएआईसीको हाइब्रिड एसयूभी बीजे३०ईको मूल्य एक करोड २५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

६८५ एनएम टर्क क्षमता र फोर ह्विल ड्राइभ प्रणाली रहेको यस एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.९ सेकेन्डमा हासिल गर्ने कम्पनीको दाबी छ।

यसले प्रतिलिटर २० किलोमिटरसम्म माइलेज दिने र ५१ लिटर इन्धनमा ९०० किलोमिटरसम्म यात्रा गर्न सक्ने जनाइएको छ। हिउँ, बालुवा, हिलो र पानीयुक्त बाटोका लागि विशेष ड्राइभिङ मोडसमेत उपलब्ध छन्।

सोरुम उद्घाटन कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पोखरामा बीएआईसी र आर्कफक्सको उपस्थिति विस्तार हुनु अन्तर्राष्ट्रियस्तरका अटोमोबाइल ब्रान्डलाई नेपाली ग्राहकसम्म पुर्‍याउने अभियानको महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले लक्ष्मी मोटर हबमार्फत ग्राहकलाई आधुनिक अटोमोबाइल अनुभव प्रदान गर्नुका साथै गण्डकी प्रदेशमा कम्पनीको उपस्थिति थप सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गरे।

त्यस्तै, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले नेपाली ग्राहकको रुचि विद्युतीय तथा आधुनिक प्रविधियुक्त सवारीसाधनतर्फ बढ्दै गएको बताए। पोखराका ग्राहकले गुणस्तरीय सवारीसाधनसँगै भरपर्दो बिक्रीपछिको सेवा पनि एकै स्थानबाट प्राप्त गर्न सक्ने उनको भनाइ छ।

विद्युतीय तथा हाइब्रिड सवारीसाधनप्रतिको आकर्षण बढिरहेको अवस्थामा पोखरामा नयाँ सोरुम सञ्चालनले गण्डकी प्रदेशका ग्राहकलाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

अमरसिंह चोकमा अवस्थित उक्त सोरुम ग्राहक तथा अटोमोबाइलप्रेमीका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

Read more

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

अन्नपूर्ण–१० फुलीबाङमा जनसेवा आधारभूत विद्यालयको सुविधासम्पन्न तीन कोठे भवन उद्घाटन

वर्षाले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणपछि विद्यार्थीलाई सुरक्षित र व्यवस्थित पठनपाठनको वातावरण अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, फुलीबाङस्थित श्री जनसेवा आधारभूत विद्यालयमा नवनिर्मित तीन कोठे सुविधासम्पन्न पक्की भवनको…

कांग्रेस पार्टी नै फुटाएर हिँडेका छन् गगन थापा : शशांक कोइराला

पोखरा, १५ कात्तिक। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्र विषम परिस्थिति नरहेको अवस्थामा महामन्त्री गगन थापाले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजनतर्फ धकेलेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको १५औँ…

श्रृजना मल्ललाई नेविसंघको नेतृत्व, ६ महिनाभित्र महाधिवेशन गराउन निर्देशन

पोखरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.…

कांग्रेस कास्की–१ को ‘आमा–शिशु साथ अभियान’ : सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गर्दै ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको…