२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा महिला समितिले समाजका कार्यसमिति सदस्य, संरक्षक तथा सल्लाहकारलाई टीका, माला र टोपी लगाएर तिहारको शुभकामना आदानप्रदान गरेको थियो।

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारले दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्ने भएकाले महिला समितिले २०८१ सालदेखि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको कार्यक्रम संयोजक पद्मा लाम्गादे घतानेले जानकारी दिइन्। उनले कार्यक्रमले समाजभित्र आपसी एकता र सद्भावलाई थप मजबुत बनाउने बताइन्।

कार्यक्रमका प्रमुख अतिथि समाजका अध्यक्ष बेलबहादुर विश्वकर्माले समाजको विकास, एकता र संस्थागत गतिविधिलाई प्रभावकारी बनाउन महिला समितिको भूमिका महत्वपूर्ण रहेको बताए। उनले समाजको आफ्नै भवन निर्माणलाई पूर्णता दिन सहयोग जुटाउने उद्देश्यले कात्तिक २२ देखि २४ गतेसम्म देउसी–भैलो कार्यक्रम आयोजना गरिएको जानकारी दिए। भवन निर्माण तथा व्यवस्थापनका लागि सबैको सहयोग र सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

सो अवसरमा समाजका गतिविधिमा विशेष सहयोग र योगदान पुर्‍याएको भन्दै संरक्षक होमकुमारी गडाल, माया विश्वकर्मा र प्रेम लाम्गादेलाई सम्मान गरिएको थियो।

महिला समितिकी अध्यक्ष कमला सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव रिमा विश्वकर्माले गरेकी थिइन्। कार्यक्रममा समाजका सदस्य, कार्यसमिति पदाधिकारी तथा दाजुभाइ र दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Read more

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…