२०८३ मंसिर ७, सोमबार Monday, November 23, 2026
अर्थ र वाणिज्य

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ७१३ युनिट रगत संकलन, उत्कृष्ट ९ शाखा पुरस्कृत

पोखरा । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले देशका नौ स्थानमा एकैसाथ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद आचार्यका अनुसार हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदानसहित विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो। मङ्सिर ७ गते आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राही तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

बैंकले केन्द्रीय कार्यालय रहेको काठमाडौंको बालुवाटारसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

नौ स्थानमा सञ्चालित कार्यक्रमबाट संकलित ७१३ युनिट रगतले रगतको अभावमा उपचार प्रभावित हुन सक्ने बिरामीलाई सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। रक्तदानमार्फत जीवन बचाउने मानवीय अभियानमा संस्थागत रूपमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

यसैबीच, बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौवटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाका प्रमुखहरूलाई नगद पुरस्कारसहित ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरी सम्मान गरिएको बैंकले जनाएको छ।

बैंकले शाखाहरूबीच स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्दै सेवा प्रवाह, कार्यसम्पादन र संस्थागत लक्ष्य प्राप्तिमा उत्कृष्ट योगदान पुर्‍याउने कार्यालयहरूको मूल्यांकनका आधारमा सम्मान गरेको हो।

२०औँ वर्षमा प्रवेश गरेको गरिमा विकास बैंकले वित्तीय सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत प्राथमिकतामा राख्दै आएको छ। रक्तदानजस्ता जीवनरक्षासँग प्रत्यक्ष जोडिएका कार्यक्रम तथा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखालाई प्रोत्साहन गर्ने अभ्यासले बैंकको संस्थागत प्रतिबद्धता र सेवा संस्कृतिलाई थप सुदृढ बनाउने प्रमुख कार्यकारी अधिकृत आचार्यको दावी छ।

Read more

पुसमा लेखनाथ महोत्सव: ३३५ स्टल, १२ करोडको कारोबार लक्ष्य

पोखरा, ७ मंसिर । स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार, कला संस्कृतिको संरक्षण र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित २२औँ लेखनाथ महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म हुने…

गरिमा विकास बैंकको सडक दौडमा तीर्थ र राज्य प्रथम, सोमवार नौ स्थानमा रक्तदान

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो संस्करणको ‘गरिमा सडक दौड २०८३’ सम्पन्न भएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ मंसिर…

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…