२०८३ मंसिर ११, शुक्रबार Friday, November 27, 2026
खबर

सरकारका कामको निगरानी र कार्यान्वयनमा सक्रिय हुन पार्टी पङ्क्तिलाई मन्त्री श्रेष्ठको आग्रह

पोखरा । सरकारका नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्ताले निगरानी, विश्लेषण र सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले आयोजना गरेको ‘जनताका कुरा सुन्ने’ अभियानअन्तर्गत पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारका कामको सूक्ष्म अध्ययन गरी कार्यान्वयनमा देखिएका समस्या पहिचान र समाधानका लागि सहकार्य गर्न आग्रह गरे।

सरकार गठन भएको करिब आठ महिनाको अवधिमा भएका कामको समीक्षा गर्दै जनअपेक्षाअनुसार काम भए नभएको मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो। जिल्ला तथा स्थानीय तहका पार्टी नेतृत्वले जनताका गुनासा र अपेक्षा सरकारसम्म पुर्‍याउने तथा सरकारले गरेका काम जनतामाझ लैजाने सेतुका रूपमा काम गर्नुपर्ने उनले बताए।

विगत लामो समयदेखि थुप्रिएका समस्याको पहिचान र विश्लेषण गर्ने काम सरकारले गरिसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अब अल्झिएका विषयको गाँठो फुकाएर नतिजामुखी काममा केन्द्रित हुनुपर्ने धारणा राखे।

ऊर्जा मन्त्रालयका गतिविधिबारे जानकारी दिँदै उनले विद्युत्मा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी विषय सहजीकरणका लागि पहल भइरहेको बताए। सम्भवतः आर्थिक ऐन संशोधनका क्रममा यस विषय सम्बोधन हुने अपेक्षा रहेको उनको भनाइ थियो।

स्थानीय तहमा ऊर्जाको दिगो उपयोग र उत्पादन विस्तारका लागि ‘ऊर्जामा आत्मनिर्भर पालिका’, एलपी ग्यासमुक्त पालिका तथा फोहोरबाट ऊर्जा उत्पादन गर्ने कार्यक्रमलाई अघि बढाउन पनि उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। यी कार्यक्रम कार्यान्वयनका लागि स्थानीय सरकारसँग समन्वय गरी सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्रालयले अधिकार र बजेट विकेन्द्रीकरणको नीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रदेश तथा सम्बन्धित कार्यालयसँग समन्वय गरेर आफ्नो क्षेत्रमा सञ्चालित आयोजनाको प्रगति र निर्माण गुणस्तरको नियमित अनुगमन गर्न पार्टी पङ्क्तिलाई आग्रह गरे।

व्यक्ति केन्द्रित कार्यशैलीको सट्टा विधि र प्रणालीमा आधारित शासन व्यवस्था स्थापित गर्ने प्रयास भइरहेको बताउँदै उनले बजेट कार्यान्वयनसँगै विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिए।

कास्कीका फेवा, रुपालगायतका ताल संरक्षणका लागि प्रदेश सरकारसँग सहकार्य अघि बढाइएको पनि उनले बताए।

अन्तरक्रियामा सहभागी पार्टीका नेता तथा कार्यकर्ताले सरकारका कामको अवस्था, जनताका गुनासा र अपेक्षा, विकास निर्माण तथा सुशासनसँग सम्बन्धित विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए।

Read more

सत्ता परिवर्तनदेखि प्रणाली सुधारसम्म : जेन–जी विद्रोह र बालेन्द्र शासनको परीक्षा

जेन–जी विद्रोहले जन्माएको नयाँ राजनीतिक जनादेशसँगै सिंहदरबारको शासनशैलीमा परिवर्तनका सङ्केत देखिएका छन्। प्रशासनिक चुस्तता, मितव्ययिता र नतिजामुखी कार्यशैलीको प्रयासबीच सुशासन, पारदर्शिता र संस्थागत सुधारमार्फत जनअपेक्षा पूरा गर्नु वर्तमान…

गण्डकीका ऊर्जा र जलस्रोत आयोजना अघि बढाउन संघ–प्रदेश सहकार्यमा जोड

पोखरा । गण्डकी प्रदेशमा ऊर्जा विकासदेखि जलस्रोत व्यवस्थापनसम्मका आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन संघ र प्रदेश सरकारबीच सहकार्य र समन्वय बढाउने विषयमा छलफल भएको छ। ऊर्जा, जलस्रोत तथा…

गण्डकी कांग्रेसको नेतृत्व सर्वसम्मत, मेखलाल श्रेष्ठ सभापतिमा निर्वाचित

संगठन सुदृढीकरण र एकताबद्ध कांग्रेस निर्माण मेरो प्राथमिकता : सभापति श्रेष्ठ पोखरा, ११ मंसिर । नेपाली कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट मेखलाल श्रेष्ठ सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्…

जन्मजात जटिल स्वास्थ्य समस्या देखिएको नवजात शिशुको हेलिकप्टरबाट उद्धार

बडिगाडको ६ घण्टे शिशुलाई उपचारका लागि पोखरा ल्याइयो, प्रदेश सरकारको पहलमा आकस्मिक उद्धार पोखरा । बागलुङको दुर्गम क्षेत्र बडिगाड गाउँपालिकामा जन्मजात जटिल स्वास्थ्य समस्या देखिएका नवजात शिशुको जीवन…

प्रेस यूनियनकर्मी (पत्रकार)हरि पन्तलाई पत्नीशोक

पोखरा । नेपाल प्रेस युनियन कास्कीका सदस्य तथा पत्रकार हरि पन्तलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी मीरा पन्तको ४० वर्षको उमेरमा बिहीबार असामयिक निधन भएको हो ।…

सराप, आशीर्वाद र इतिहासका ओझेलमा परेका सत्यहरू

मिथकको पर्दाभित्र लुकेको नेपाली इतिहास ✍️ दीपशिखा शर्मा इतिहासका नाममा पुस्तौँदेखि सुनिँदै आएका कथन कति सत्य हुन्? भीमसेन थापाकी पत्नीले देशलाई सराप दिएको प्रसंगदेखि जंगबहादुरले घोडासहित धरहराबाट हाम…