२०८३ मंसिर ११, शुक्रबार Friday, November 27, 2026
खबर

गण्डकीका ऊर्जा र जलस्रोत आयोजना अघि बढाउन संघ–प्रदेश सहकार्यमा जोड

पोखरा । गण्डकी प्रदेशमा ऊर्जा विकासदेखि जलस्रोत व्यवस्थापनसम्मका आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन संघ र प्रदेश सरकारबीच सहकार्य र समन्वय बढाउने विषयमा छलफल भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच शुक्रबार पोखरामा भएको भेटवार्तामा प्रदेशका विकास आयोजनालाई गति दिने विषयले प्राथमिकता पाएको हो।

भेटमा गण्डकी प्रदेशको ऊर्जा उत्पादनको सम्भावनालाई उपयोग गर्दै जलविद्युत् आयोजनाको समयमै निर्माण सम्पन्न गर्ने, जलस्रोतको दिगो व्यवस्थापन गर्ने तथा सिँचाइ र नदी नियन्त्रणका योजनालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

विशेषगरी, पर्यटकीय तथा प्राकृतिक सम्पदाका रूपमा महत्वपूर्ण फेवाताललगायत प्रदेशका तालहरूको संरक्षणमा संघ र प्रदेश सरकारले संयुक्त पहल गर्नुपर्ने विषय उठाइएको थियो। ताल संरक्षण, नदी नियन्त्रण र तटबन्धनका कामलाई योजनाबद्ध रूपमा अघि बढाउन दुवै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

गण्डकी प्रदेशमा जलविद्युत् उत्पादनको ठूलो सम्भावना रहे पनि उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग र आयोजना कार्यान्वयनमा समन्वय आवश्यक देखिएको छ। यस सन्दर्भमा आयोजनाको प्राथमिकता निर्धारण, कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान तथा आवश्यक स्रोतसाधनको परिचालनमा संघ र प्रदेशबीच सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।

Read more

सरकारका कामको निगरानी र कार्यान्वयनमा सक्रिय हुन पार्टी पङ्क्तिलाई मन्त्री श्रेष्ठको आग्रह

पोखरा । सरकारका नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्ताले निगरानी, विश्लेषण र सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त…

गण्डकी कांग्रेसको नेतृत्व सर्वसम्मत, मेखलाल श्रेष्ठ सभापतिमा निर्वाचित

संगठन सुदृढीकरण र एकताबद्ध कांग्रेस निर्माण मेरो प्राथमिकता : सभापति श्रेष्ठ पोखरा, ११ मंसिर । नेपाली कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट मेखलाल श्रेष्ठ सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्…

जन्मजात जटिल स्वास्थ्य समस्या देखिएको नवजात शिशुको हेलिकप्टरबाट उद्धार

बडिगाडको ६ घण्टे शिशुलाई उपचारका लागि पोखरा ल्याइयो, प्रदेश सरकारको पहलमा आकस्मिक उद्धार पोखरा । बागलुङको दुर्गम क्षेत्र बडिगाड गाउँपालिकामा जन्मजात जटिल स्वास्थ्य समस्या देखिएका नवजात शिशुको जीवन…

प्रेस यूनियनकर्मी (पत्रकार)हरि पन्तलाई पत्नीशोक

पोखरा । नेपाल प्रेस युनियन कास्कीका सदस्य तथा पत्रकार हरि पन्तलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी मीरा पन्तको ४० वर्षको उमेरमा बिहीबार असामयिक निधन भएको हो ।…

सराप, आशीर्वाद र इतिहासका ओझेलमा परेका सत्यहरू

मिथकको पर्दाभित्र लुकेको नेपाली इतिहास ✍️ दीपशिखा शर्मा इतिहासका नाममा पुस्तौँदेखि सुनिँदै आएका कथन कति सत्य हुन्? भीमसेन थापाकी पत्नीले देशलाई सराप दिएको प्रसंगदेखि जंगबहादुरले घोडासहित धरहराबाट हाम…

पोखरामा पूर्वयुवराज पारसको क्रेज:विवाहमा पुगेपछि फोटो खिचाउन तँछाडमछाड

पोखरा । पूर्वयुवराज पारस शाह पोखरामा देखिएपछि विवाह समारोहमा सहभागी जन्ती तथा पाहुनाको ध्यान उनीतर्फ केन्द्रित भएको छ । पोखराको अमरसिंह चोकस्थित सफल पार्टी प्यालेसमा आयोजित एक विवाह…