२०८३ मंसिर ११, शुक्रबार Friday, November 27, 2026
खबर

गण्डकी कांग्रेसको नेतृत्व सर्वसम्मत, मेखलाल श्रेष्ठ सभापतिमा निर्वाचित

संगठन सुदृढीकरण र एकताबद्ध कांग्रेस निर्माण मेरो प्राथमिकता : सभापति श्रेष्ठ
पोखरा, ११ मंसिर । नेपाली कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट मेखलाल श्रेष्ठ सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । मंसिर ५ र ६ गते पोखरामा सम्पन्न नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गतको अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सभापतिमा निर्वाचित भएपछि श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाउँदै संगठन सुदृढीकरण र कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । उनले गण्डकी प्रदेशमा कांग्रेसको संगठनलाई थप चलायमान बनाउने, नेता तथा कार्यकर्ताबीच आपसी समन्वय र सहकार्य बढाउने तथा पार्टीलाई जनतासँग जोड्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
श्रेष्ठले पार्टीभित्रको एकता र सहमतिलाई कायम राख्दै सबैलाई समेटेर अघि बढ्ने उल्लेख गर्दै नयाँ कार्यसमितिले सामूहिक जिम्मेवारी र सहकार्यका आधारमा संगठनका गतिविधि सञ्चालन गर्ने बताए । उनले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुनु पार्टीभित्रको एकता, सहमति र सहकार्यको सन्देश भएको पनि बताए ।
अधिवेशनले सभापति, तीन उपसभापति, तीन महामन्त्री र तीन सहमहामन्त्रीसहित पदाधिकारी तथा ६८ जना प्रदेश कार्यसमिति सदस्य सर्वसम्मत चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक बिरेन्द्र केसीका अनुसार उपसभापतिमा आशिक गुरुङ, उमा कुमारी ठकुरी र सञ्जय सिलवाल निर्वाचित भएका छन् । त्यस्तै महामन्त्रीमा पोषणनाथ शर्मा, मोहन गुरुङ र राजकुमार पाण्डे तथा सहमहामन्त्रीमा भक्तबहादुर श्रेष्ठ, लोकबहादुर मल्ल र इन्द्रप्रसाद पौडेल निर्वाचित भएका छन् । कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ चयन भएका छन् ।
सभापतिले कार्यसमितिको सहमति लिएर एक उपसभापति एक महामन्त्री र एक महिला सहित २ सहमहामन्त्री मनोनयन गर्नेछन् ।
अधिवेशनबाट विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी ६८ जना प्रदेश कार्यसमिति सदस्यसमेत सर्वसम्मत चयन भएका छन् ।
निर्वाचित सदस्यहरूमा कास्कीबाट तरुणमणि सुवेदी, सीतादेवी सुवेदी, मृग सिंह गुरुङ, कल्पना तिवारी, कल्पना तिमिल्सिना, ज्ञानु परियार, ललितबहादुर कुँवर, यमप्रसाद तिमिल्सिना, मुक्तिनाथ पौडेल, भास्कर ध्वज श्रेष्ठ, समिला खड्का र चित्रबहादुर गुरुङ (लेकाली) रहेका छन् ।
बागलुङबाट ज्योति केसी, शिव आचार्य, हिराबहादुर घर्ती, चिन्तामणि दर्जी, सुमन भुसाल, अरुण पौडेल, प्रनिश राजभण्डारी, हिमनाथ शर्मा, दयाराम आचार्य, फमबहादुर खत्री र लक्षु माया पुन निर्वाचित भएका छन् ।
गोरखाबाट धनप्रसाद गुरुङ, ज्योति थापा, रोशन गुरुङ, रामबहादुर थापा, बुद्धिबहादुर तामाङ र टीकाराम देवकोटा चयन भएका छन् । मुस्ताङबाट पामुल थकाली, सुशीला थकाली र रीता राना थापा तथा पर्वतबाट कृष्ण गुरुङ (उज्ज्वल गुरुङ), आनन्द भुसाल र सीमा पुन निर्वाचित भएका छन् ।
तनहुँबाट निर्माया लामा, पञ्चबहादुर गुरुङ, कमला तिलिजा, दीर्घबहादुर बानियाँ र आशिष क्षेत्री तथा मनाङबाट मुखिया गुरुङ र कर्मा तेन्जिन प्रदेश कार्यसमिति सदस्यमा चयन भएका छन् ।
म्याग्दीबाट मोहनबहादुर महत, पदमबहादुर पुर्जा र प्रेमप्रसाद रोका चयन भएका छन् । त्यस्तै नवलपुरबाट सुन्दर पाण्डे, मीना थानेत, प्रतीक सापकोटा, शालिकराम घिमिरे, देवी न्यौपाने, सरोज चालिसे, पवित्र भट्टराई, सूर्यबहादुर बि.के. र सतीश न्यौपाने निर्वाचित भएका छन् ।
स्याङ्जाबाट रामबहादुर श्रेष्ठ, लेखनाथ अर्याल, बोधराज भट्टराई, राजकुमारी गुरुङ, खड्काबहादुर दर्जी, रामबहादुर देवकोटा र शंकर काफ्ले प्रदेश कार्यसमिति सदस्यमा चयन भएका छन् ।
यसैगरी विष्णुहरि अधिकारी, धनबहादुर गुरुङ, खेमानन्द काफ्ले, दीपक रोकाहा, तारा अर्याल केसी र शालिकराम देवकोटाको नाम पनि निर्वाचित सदस्यको सूचीमा रहेको छ । लमजुङबाट कुमार विश्वकर्मा निर्वाचित भएका छन् ।
निर्वाचन समितिले उम्मेदवारहरूबीच छलफल, समन्वय र सहमतिका आधारमा पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको जनाएको छ ।
नयाँ नेतृत्व चयनसँगै गण्डकी प्रदेशमा पार्टीको संगठनात्मक गतिविधि, आन्तरिक समन्वय र आगामी राजनीतिक तथा सांगठनिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी श्रेष्ठ नेतृत्वको कार्यसमितिमा आएको छ ।

Read more

गण्डकीका ऊर्जा र जलस्रोत आयोजना अघि बढाउन संघ–प्रदेश सहकार्यमा जोड

पोखरा । गण्डकी प्रदेशमा ऊर्जा विकासदेखि जलस्रोत व्यवस्थापनसम्मका आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन संघ र प्रदेश सरकारबीच सहकार्य र समन्वय बढाउने विषयमा छलफल भएको छ। ऊर्जा, जलस्रोत तथा…

जन्मजात जटिल स्वास्थ्य समस्या देखिएको नवजात शिशुको हेलिकप्टरबाट उद्धार

बडिगाडको ६ घण्टे शिशुलाई उपचारका लागि पोखरा ल्याइयो, प्रदेश सरकारको पहलमा आकस्मिक उद्धार पोखरा । बागलुङको दुर्गम क्षेत्र बडिगाड गाउँपालिकामा जन्मजात जटिल स्वास्थ्य समस्या देखिएका नवजात शिशुको जीवन…

प्रेस यूनियनकर्मी (पत्रकार)हरि पन्तलाई पत्नीशोक

पोखरा । नेपाल प्रेस युनियन कास्कीका सदस्य तथा पत्रकार हरि पन्तलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी मीरा पन्तको ४० वर्षको उमेरमा बिहीबार असामयिक निधन भएको हो ।…

सराप, आशीर्वाद र इतिहासका ओझेलमा परेका सत्यहरू

मिथकको पर्दाभित्र लुकेको नेपाली इतिहास ✍️ दीपशिखा शर्मा इतिहासका नाममा पुस्तौँदेखि सुनिँदै आएका कथन कति सत्य हुन्? भीमसेन थापाकी पत्नीले देशलाई सराप दिएको प्रसंगदेखि जंगबहादुरले घोडासहित धरहराबाट हाम…

पोखरामा पूर्वयुवराज पारसको क्रेज:विवाहमा पुगेपछि फोटो खिचाउन तँछाडमछाड

पोखरा । पूर्वयुवराज पारस शाह पोखरामा देखिएपछि विवाह समारोहमा सहभागी जन्ती तथा पाहुनाको ध्यान उनीतर्फ केन्द्रित भएको छ । पोखराको अमरसिंह चोकस्थित सफल पार्टी प्यालेसमा आयोजित एक विवाह…

सेवा निवृत्त सरकारी कर्मचारीलाई कानून व्यवसायमा तत्काल रोक, दुई वर्षे ‘कुलिङ पिरियड’ अनिवार्य

पोखरा । कानून व्यवसायीको प्रमाणपत्र प्राप्त गरेका निवृत्त सरकारी कर्मचारीले सेवा निवृत्त हुनेबित्तिकै कानून व्यवसाय गर्न नपाउने भएका छन् । नेपाल कानून व्यवसायी परिषद्ले सरकारी सेवाबाट निवृत्त भएका…