२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
देशमुख्य खबर

लकडाउनले छोएन इँटाभट्टालाई ः जोखिममा मजदुर

– रमेश गिरी

भक्तपुर, १३ चैत (रासस) ः विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीनदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनले यतिखेर देश ठप्प छ । गतिविधि शून्य छन् । तर भक्तपुरका इँटाभट्टा भने अझै चलायमान छन् । यहाँ सरकारको लकडाउनको कुनै असर परेको छैन । नियमित मजदुर काममा खटिरहेका छन् । साँझ नपर्दै मजदुरको भीडभाड एकै ठाउँमा हुन्छ ।

भक्तपुरमा ६२ वटा इँटाभट्टा सञ्चालनमा छन् । आजसम्म कुनै इँटाभट्टा बन्द छैनन् । सबै भट्टामा अरु बेला जस्तै मजदुर नियमित काम गरिरहेका छन् । इँटाभट्टा सञ्चालकको दैनिकी फेरियो तर यहाँ कार्यरत करिब २० हजार मजदुरको दैनिकी भने उस्तै छ । चाँगुनारायण नगरपालिकाका–९ ताथलीस्थित इँटाभट्टामा काम गर्ने काभ्रे भकुण्डेबेँसीकी सन्तमाया विकको दैनिकी उस्तै छ । उहाँलाई अहिले बनाएको इँटा सुकाउने, चाङ लगाउने र थन्क्याउने चटारो छ । उहाँलाई सरकारले गरेको लकडाउनबारे थाहा छैन । उहाँ भन्नुहुन्छ, “खै बाहिर सरकारले बन्द ग¥या छरे भन्छन्, यता त बन्द छैन, हामी सधैँ काम गरिरहेका छौँ, छिटो काम सकेर घर जान पाए हुन्थ्यो ।”

ताथलीकै अर्को इँटाभट्टामा काम गर्ने रामेछापका सन्ते तामाङले सरकारले सबैतिर बन्द गरेको छरे भन्ने सुनेको बताउँदै गाउँमा मकै छर्ने, खेतीपाती गर्ने बेला भएकाले गाउँ फर्कन पाए सहज हुने बताउनुहुन्छ । “शुक्रबार बजार जाने ग¥याथ्यौँ, अब त बन्द भयो रे, यहाँको बजार भनेकै भट्टी हो, त्यो चलेकै छ, रक्सी खाएपछि कहिलेकाँही झगडा भइहाल्छ”, उहाँले भन्नुभयो । इँटाभट्टामा महिला, बालबालिकालाई ज्वरो आउनु, खोकी लाग्नु सामान्य भए पनि एकपटक सबै मजदुरको स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाइदिए ढुक्क हुने उहाँ बताउनुहुन्छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्ना नगरपालिकाभित्रका इँटाभट्टा सञ्चालकलाई भट्टाका काम बन्द गर्न र मजदुरलाई कोरोना सङ्क्रमणबाट जोगाउन गरेको आग्रह अटेर गरेको बताउनुभयो । इँटाभट्टामा बाहिरबाट आउने मान्छेको सम्पर्क भइरहने, भीडभाड भइरहने र सरसफाइमा ध्यान नदिने भएकाले उनीहरु कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उहाँको भनाइ थियो । “भक्तपुरका इँटाभट्टामा मजदुरले काम गरिरहेका छन्, भीडभाड र भेला सधैँ हुन्छ, भट्टी पसलमा सधैँ बाक्लो जमघट हुन्छ, बेलाबेलामा झगडा हुने गरेको गुनासो आउँछ”, नगरप्रमुख मिश्रले भन्नुभयो, “इँटाभट्टा सञ्चालकलाई काम बन्द गर्न र सुरक्षा अपनाउन भनिसके,ँ अटेर गरेका छन्, यसबारेमा मन्त्रालयमा पनि भनिसकेँ, भक्तपुरका सिडिओलाई पनि पटक पटक भनिसकेँ कसैले चासै दिँदैनन् ।”

यता प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने व्यवसायीलाई काम बन्द गरेर मजदुर घर फर्काउने व्यवस्था गर्न निर्देशन दिएको बताउनुभयो । भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्बाले आठ दिनदेखि नयाँ इँटा बनाउने काम बन्द गरेको बताउँदै अब सबै इँटाभट्टा बन्द गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिडिओले मजदुरलाई घर पठाउन पास बनाइदिने भन्नुभएको, इँटाभट्टा बन्द गर्ने निर्णयमा पुग्यौँ, अहिलेको विषम परिस्थितिमा राज्यले गरेको निर्णयलाई नमान्ने कुरा भएन, अब १० दिनभित्र इँटा पोल्न बन्द गर्छौं ।” उनीहरु घर नगएसम्म काम नदिँदा बरालिएर बजार जाने भएकाले बजार जान रोक्न पनि काममा लगाउन बाध्य भएको बताउँदै उहाँले अहिले बनाइसकेको इँटा व्यवस्थापनमा लागेको जानकारी दिनुभयो । जेठ २० गते भट्टामा आगो बन्द गर्ने पुरानो निर्णय भए पनि अहिलेको अवस्थामा मजदुरलाई गाडीमा हालेर घरघर पठाउने र १० दिनभित्र सबै भट्टाको आगो बन्द गर्ने तयारी गरेको अध्यक्ष ह्याम्बाले बताउनुभयो । इँटाभट्टामा महिला तथा बालबालिकाका लागि काम गर्ने भन्दै आएका एनजिओ, आइएनजिओ यतिखेर भने गायब भएका छन् । इँटाभट्टामा मजदुर बिरामी भइरहेको अहिलेको समयमा उनीहरुको स्वास्थ्य परीक्षण गरेर घर फर्काउनेबारे भने कसैले चासो नदिएको मजदुरको गुनासो छ ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…