२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्यखबरदेशफिचर समाचार

पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न वेविनारका सुझाव महत्वपूर्ण – प्रमुख कार्यकारी अधिकृत ज्ञवाली


काठमाडौँ, १४ मंसिर ।  भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा हासिल भएका अनुभव तथा सिकाईहरुबारे छलफल गर्न तथा सुझावहरु लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनार सम्पन्न भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने वेविनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीहरुले प्राधिकरणले तयार पार्न लागेको कम्पेडियमलाई पूर्णता दिन ठूलो मद्दत मिलेको बताउनुभयो । ज्ञवालीले पुनर्निर्माणका अनुभव र सिकाई अभिलेख गर्न वेविनारका सुझाव महत्वपूर्ण भएकोमा जोड दिनुभयो ।
प्राधिकरणले तयार गर्न लागेको आफ्नो संस्थागत पत्र (कम्पेण्डियम) को तयारीका सिलसिलामा तयार प्रारम्भिक खाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, मुख्य सरोकारवाला तथा अभ्यासकर्ताहरुबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको थियो । प्राधिकरणले २०७७ बैशाखमा आयोजना गर्ने नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेगरी ६ वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ ।
आज तीनवटा विषयहरु क्रमशः जीविकोपार्जन तथा आर्थिक विकास, उद्दार तथा राहत र गभर्नेन्स एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुत भए ।पहिलो सत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा प्राधिकरण, विभिन्न सरकारी तथा गैरसकारी निकायबाट भएका पहलहरुबारे प्राधिकरणका कार्यकारी समिति सदस्य डा. विष्णु भण्डारीले एक कार्यपत्र प्रस्तुत गर्नुभयो । भण्डारीले आफ्नो कार्यपत्रमा जीविकोपार्जन तथा आर्थिक विकासमा १० वटा मन्त्रालय र ४७ वटा साझेदार संस्थाहरुको सहयोगमा करिब ४ लाख ६० हजार घरधुरीमा पुगिएको उल्लेख गर्नुभयो । भण्डारीको पत्रमाथि विश्व बैंककी ज्यास्मिन राजभण्डारी र युएनडिपीका विजय सिंहले टिप्पणी गर्नुभएको थियो । यो सत्रको सहजीकरण कार्यकारी समिति सदस्य डा.चन्द्र बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
त्यस्तै, दोस्रो सत्रमा भूकम्पलगत्तै भएको उद्दार तथा राहतका बारेमा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोख्रेलले एक प्रस्तुतीकरण दिनुभयो । पोख्रेलको कार्यपत्रमाथि युएनडिपीका रामराज नरसिम्हा र एनआरसिएसका विपुल न्यौपानेले टिप्पणी गर्नुभएको थियो । तस्रो सत्रमा पुनर्निर्माणका लागि भएको गभर्नेन्स एवं संस्थागत प्रबन्धमाथि गहन छलफल भयो । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणजस्ता विशेष उद्देश्यका संस्थाले तुलनात्मक प्रभावकारी नजिता दिनसक्ने देखिएको उल्लेख गर्नुभयो ।  उहाँको प्रस्तुतिमाथि पूर्व मुख्यसचिव लीलामणि पौड्याल, युरोपेली युनियनका मार्को जेमरले टिप्पणी गर्दै सुझावहरु दिनुभयो । त्यसक्रममा पूर्व मुख्य सचिव पौड्यालले प्राधिकरण निर्माणको बहस हुँदा आफूले अर्थ र सूचनाको कोष रहने र सबै विषयमा निर्णय गर्नसक्ने विशेष संस्था आवश्यक भएकोमा जोड दिएको स्मरण गर्नुभयो ।यो सत्रको अध्यक्षता कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रमको अन्तिम सत्रमा प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनर्निर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको नेतृत्व गरिरहनुभएका प्रा.डा.गोविन्द नेपाल, डा.विश्व पौडेल र डा.रुद्र सुवालले अध्ययनको प्रगति अवस्था तथा अनुसन्धानमा अपनाइने प्रणालीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल, पौडेल र सुवालका प्रस्तुतिमाथि विश्व बैंकका कामरान अकवर, पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ नाइजल फिसर एवं अर्थशास्त्र विशाल थापाले टिप्पणी गर्नुभएको थियो । वेविनारको पहिलो दिन निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण र सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणमाथि सातवटा कार्यपत्रहरु प्रस्तुत भएका थिए जसमा ११ जना टिप्पणीकर्ताले आफ्नो सुझाव प्रदान तथा पृष्ठपोषण गर्नुभएको थियो । वेविनारमा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, पुनर्निर्माण र पुनर्स्थापनाका अभ्यासकर्ताहरु तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलगायतका सहभागिता थियो ।

Read more

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…