२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026
देशफिचर समाचारस्वास्थ्य

अन्य देशमा कोरोना भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराउँछौं : डा. खेम कार्की

काठमाडौं, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् ।

डा. कार्कीले कोभिड–१९ संक्रमणदर नेपालमा घटेको दाबी गरे ।उनले विश्वका कतिपय देशमा संक्रमणको दोस्रो लहर देखिएको सुनाउँदै नेपालमा पनि त्यो खतरा रहेको सुनाए । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. कार्कीले नेपालमा संक्रमणको दर घट्नु भनेको खुशीको कुरा भएको जनाए ।

उनले भने,‘सेकेण्ड वेभ आयो भने कसरी हामी जुध्ने भनेर दरिलो तयारी गर्नुपर्छ । हुन त कोभिड हामी सबैको लागि नयाँ कुरा भयो, अहिले कोरोना आएको पनि एक वर्ष पुग्न लाग्यो, यसबारेमा अझै धेरै जानकारी छैन् ।

उपचारको सवालमा सरकारले क्षमता अभिवृद्धि गरिरहेको छ । सरकारले ६ हजार एचडियु निर्माणको लागि देशभरि पैसा पठाएका छौं ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कोडिभको उपचारको लागि सरकारले यथेष्ट बेडपनि छुट्याएको सुनाए । यसअघि १५ सय ९५ आईसियु बेड रहेकोमा अहिले २६ सय बेड फंक्सनमा रहेको पनि उनले जानकारी दिए । डा. कार्कीले भने,‘अहिले हामीले भेन्टिलेटर बढाएका छौं ।

अक्सिनको सवालमा, सि–प्याब र बाई–प्यावको व्यवस्था भैराखेको छ । सेकेण्ड वेभ आयो भने त्यसलाई धान्नेगरि हामीले अस्पताल प्रणाली र उपचार प्रणाली व्यवस्था गरिरहेका छौं ।’ अस्पताललगायतका भौतिक संरचना निर्माणका साथै दक्ष जनशक्तिको लागि पनि सरकारले विशेष ध्यान दिएको उनको भनाई छ । उनले भने,‘एचडियु, सि–प्याब, बाई–प्याबको लागि दुई सय पचास प्लस डाक्टरहरुलाई तालिम दिने काम भएको छ ।’ उनले सरकारले तीन सय ९६ वटा आधारभूत अस्पतालको यही मंसिर १५ गते शिलान्यास गरिसकेको जनाउँदै यो महत्वपूर्ण उपलब्धि भएको सुनाए । उनले भने,‘हामीले आधारभुत अस्पतालको शिलान्यासमात्रै गरेका छैनौं, चाहिने बजेटको पनि सुनिश्चितता गरेका छौं । दुई वर्षभित्र सबै अस्पताल बन्छन् ।

यसको लागि करिब ५८ अर्ब बजेट पठाईएको छ ।’ त्यस्तै, रोग नियन्त्रण केन्द्र निर्माणको लागि पनि कानून बनाउने प्रक्रियाको थालनी गरिएको कार्कीको भनाई छ । त्यस्तै, मास्क र पिपिई क्वालिटीको मात्रै उपलब्ध गराउने र अस्पतालहरुलाई पनि आईएसओ, एफिलिएशन र एक्रिडिएशन दिने चलन नभएको सुनाउँदै अब गुणस्तरी बनाउनको लागि पनि प्रत्यांग प्राधिकरण स्थापनाको थालनी गरिएको उनले सुनाए ।

भौतिक संरचना बनाउने काममात्रै नभएर सरकारले दक्ष जनशक्तिको लागि पनि आवश्यक कदम चालेको कार्कीले जनाए । उनले भने,‘यसको लागि सरकारले ठूलो लगानी गर्दैछ । दक्ष जनशक्तिलाई दुर्गममा गएर सेवा दिनको लागि हामीले प्रोत्साहन गरिराखेका छौं ।

कतिपय सांसदज्यूहरु आउनुहुन्छ, उहाँहरुले मेरो क्षेत्रमा दक्ष चिकित्सक नै छैनन् भन्नुहुन्छ, फेरि उहाँहरु नै आफ्नो नातेदार चिकित्सक भए काठमाडौंमा नै राखिदिन भन्नुहन्छु । प्रेसर दिनुहुन्छ ।’ उनले विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराईने विश्वास दिलाए । उनले भने,‘अरु देशका नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाउनेबित्तिकै नेपाली नागरिकले पनि लगाउनेगरि हामीले तयारी थालेका छौं ।’

Read more

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…