२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्यखबर

तीन महिनामा ६६ अर्ब पुनरकर्जा स्वीकृत

कोभिड– १९ बाट प्रभावित उद्योग तथा व्यवसायलाई राहत प्रदान गर्ने ध्येयका साथ रु ६५ अर्ब ६९ करोड बराबरको पुनरकर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाले पुनरकर्जाका लागि दर्खास्त आह्वान गरेकामा गत असोज मसान्तसम्म रु ६९ अर्ब चार करोड माग भएकामा रु ५० अर्ब सात करोड स्वीकृत भएको छ ।

यसैगरी ग्राहक मूल्याङ्कनअनुसार प्रदान गरिने पुनरकर्जाका लागि रु ५५ अर्ब २५ करोड माग भएकामा रु १५ अर्ब ६२ करोड स्वीकृत भएको छ । सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्दै लक्षित क्षेत्र र वर्गको पहुँच सुनिश्चित गर्ने प्रयास गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँले पुनरकर्जा लिनेमा ताप्लेजुङ, बैतडी, दार्चुलादेखि सुगम जिल्ला तथा त्यस मातहतका नगरपालिका र गाउँपालिकालाई समेटिएको बताउनुभयो । “कुनकुन स्थानीय निकायबाट पुनरकर्जाको माग आएको छैन भनेर अध्ययन पनि भइरहेको र सकेसम्म सबै पालिकामा पुगोस् भन्ने ध्येय राखिएको छ”, गभर्नर अधिकारीले भन्नुभयो ।

गत असोज मसान्तसम्ममा कूल ४१ हजार ६१८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु ७२ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २७ हजार ३६९ ऋणीलाई रु ६१ अर्ब २५ करोड र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १४ हजार २४९ ऋणीको रु ११ अर्ब २२ करोड कर्जा बक्यौता रहेको छ ।

चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पु¥याउने, पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने र विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । त्यसका लागि पुनरकर्जा कार्यविधि लागू गरी उपलब्ध कोषको पाँच गुणासम्म पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

वाणिज्य बैंकले कूल कर्जा लगानीको कृषि क्षेत्रमा गत असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत लगानी गरेका थिए । सोहीअनुसार २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै गत असोज मसान्तमा वाणिज्य बैंकले आफ्नो कूल कर्जा लगानीको ९.५ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेका छन् ।

यस्तै वाणिज्य बैंकले कूल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम छ प्रतिशत, २०७९ असार मसान्तसम्म सात प्रतिशत, २०८० असार मसान्तसम्म नौ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

गत असोज मसान्तमा वाणिज्य बैंकले आफ्नो कूल कर्जा लगानीको ५.६ प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गरेका छन् । कोभिड–१९ बाट अतिप्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालू पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिइएको छ ।

९० अर्ब तरलता प्रशोचन नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा कूल रु ९० अर्ब तरलता प्रशोचन गरिएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले यस अवधिमा रिभर्स रिपोमार्फत रु ६० अर्ब र निक्षेप सङ्कलन उपकरणमार्फत रु ३० अर्ब गरी कूल रु ९० अर्ब तरलता प्रशोचन गरिएको छ ।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…