२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबरस्वास्थ्य

विभिन्न कार्यक्रम गरी घार्मीमा महिला स्वास्थ्य स्वयं सेवक दिवस मनाईयो

१७ औं महिला स्वास्थ्य स्वयं सेवक दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

कोभिड १९ रोकथाम र समृद्घिका लागी संयुक्त कार्य, महिला सामुदायिक स्वास्थ्य स्वयं सेवक अपरिहार्य भन्ने नाराका साथ पोखरा १९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

वडाभित्र रहेका ३६ जना स्वयं सेविकालाई ५ समुहमा विभाजन गरी गरिएको क्वीज प्रतियोगितामा उत्कृष्ट समुहलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष शोभामोहन पौडेलले उत्कृष्ट समुहलाई पुरस्कार वितरण गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको वेलामा पनि महिला स्वास्थ्य स्वयं सेविकाले खेलेको भुमिका प्रशंसनिय रहेको वताउादै, स्वस्थ समाज निर्माणका लागी स्वयं सेविकाहरुलाई थप जिम्वेवार वनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लामाचौर स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्य, तल्लाकोट स्वास्थ्य चौकीका प्रमुख टोल प्र. अधिकारी, वडा सदस्य कृष्ण गौतम, कोमल वास्तोला, कोपिला के.सी, शहरी स्वास्थ्य केन्द्र प्रमुख कमल पौडेल, महिला स्वास्थ्य स्वयं सेविका दुर्गा वस्नेत, टेकमाया वास्तोला लयायतले अझ पनि समुदाय स्तरमा स्वास्थ्य सम्वन्धि सचेतना वढाउन आवश्यक रहेको वताएका थिए ।

कार्यक्रममा वडाध्यक्ष पौडेलले लामाचौर स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयं सेवक कोष संचालन समितिका अध्यक्ष सावित्री पाण्डे, तल्लाकोट स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयं सेवक कोष संचालन समितिका अध्यक्ष सिता गिरी र टेकमाया वास्तोलालाई उपहार प्रदान गर्नुभएको थियो ।कोषका लागी वडा सदस्य कोमल वास्तोलाले रु १५०१५ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । यसअघि वडाले स्वास्थ्य चौकीलाई थर्मागन, वि.पि सेट र सुरक्षा सामागी्र प्रदान गरेको थियो ।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…