२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबरस्थानिय समाचार

विपद्‍बाट हुने क्षति कम गर्न प्रविधियुक्त प्रहरी जनशक्ति आवश्यक : मन्त्री हरिबहादुर चुमान

पर्वत ३ पुस, गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रहरी संगठनलाई समयानुसार प्रविधियुक्त एवम् दक्ष जनशक्तियुक्त बनाउन नसके देशमा आईपर्ने विभिन्न विपद्हरूबाट जनधनको क्षति न्यूनीकरण गर्न नसकिने बताउनु भएको छ ।

गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार,यही पौष ०१ गते पर्वत जिल्लाको कुश्मा नगरपालिका – ०४ गुप्तेश्वर गुफास्थितजिल्ला प्रहरी कार्यालय पर्वत र प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङद्वारासंयुक्त रुपमा संचालित विपद् व्यवस्थापन सम्बन्धी अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

साथै, गण्डकी प्रदेश प्रहरीलाई  प्रविधि तथा श्रोत-साधन र सुविधायुक्तबनाई नागरिकमैत्री सेवा प्रवाहका हिसाबले देशकै नमूना प्रदेश प्रहरी बनाउनेतर्फ गण्डकी प्रदेश सरकार एवम् आन्तरिक मामिला तथा कानून मन्त्रालय लागिपरेको बताउँदै शान्ति सुरक्षा तथा अमन चयनको सवाल सबै सरोकारवाला निकायसँग सम्बन्धित भएकाले यसप्रति सबैले जिम्मेवारीबोध गर्नुपर्नेमा समेत जोडदिनुभएको छ ।

गण्डकी प्रदेशअन्तर्गत वार्षिक रुपमा प्राकृतिक विपद्का कारण हुने ठूलो जनधनको क्षतिलाई मध्यनजर गर्दै यसबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मीहरूको पूर्वतयारी स्वरुप उक्त अभ्यास कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रममा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म, बागलुङको उद्धार टोलीले भीरबाट खसेका मानिसहरूको उद्धारमा गरिने कारबाहीको नमूना प्रर्दशन गरेका थिए ।

सोही अवसरमा माननीय मन्त्री चुमानले जिल्ला प्रहरी कार्यालय पर्वतका भौतिक संरचनाहरूका साथै जिल्ला कारागार पर्वतको समेत निरीक्षण एवम् अवलोकन गर्नु भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्मा, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्द, पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…