२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
शिक्षा

विहिबारदेखि खुले विराटनगरका विद्यालय

मोरङ, ३ पुस कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय बिहिबारदेखि खुलेका छन् । विराटनगर महानगरपालिकाले गत मङसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय खुलेका हुन् ।

सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलगअलग समयमा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने, कक्षालाई पहिले र दोस्रो कक्षापछि शुरु गर्ने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थीलाई अर्को दिन वा सिफ्टमा सञ्चालन गर्नेगरी पालैपालो कक्षा सञ्चालन गर्ने र सातामा केही दिनमात्र कक्षा सञ्चालन गर्नेलगायत कार्यविधि बनाइएको नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले जानकारी दिनुभयो ।

विद्यालय स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने छ । मोरङमा रहेका १७ स्थानीय तहमध्ये विराटनगर बाहेकका अन्य स्थानमा भने विद्यालय सञ्चालन भइसकेका छन् ।

Read more

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मदरल्याण्डका विद्यार्थी राष्ट्रिय गणित क्विजमा च्याम्पियन

पोखरा । पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरको माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। गणित शिक्षा परिषद्ले पहिलो संस्करणका रूपमा आयोजना…

छोरेपाटन मा.विमा होटल व्यवस्थापन (एचएम्) पढाइ सुरु हुने

पोखरा, ७ वैशाख — पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन (एचएम्) विषयको पढाइ सुरु गर्ने भएको छ। विद्यालयले…

फागुन ४ देखि १८ गतेसम्म चुनावी प्रचार प्रसार : आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। २०८२…

मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख…

पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा…