२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
विदेश

भारतका किसानका समस्या समाधानका लागि सरकार प्रतिबद्ध ः भारतीय प्रधानमन्त्री

नयाँ दिल्ली, ११ पुस । कृषि क्षेत्रको सुधारसम्बन्धी कानूनमाथि असन्तुष्टि जनाउँदै आन्दोलनरत भारतीय किसानसँग समस्या समाधानका लागि नयाँ चरणको वार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आग्रह गर्नुभएको छ ।

भारतीय किसानको आन्दोलनको एक महिनाको अवधि पूरा हँुदा प्रधानमन्त्रीले नयाँ चरणको वार्ताका लागि आग्रह गर्नुभएको हो । भारतको नयाँ दिल्ली प्रवेश हुने विभिन्न नाकामा रहेका राजमार्गहरूमा दशौँ हजार किसानहरूले नोभेम्बर २६ देखि थालेको आन्दोलन सरकारका लागि एउटा जटिल समस्या बनेको छ । किसानहरूले सरकारद्वारा केही समय पहिले कृषि क्षेत्रको सुधारका लागि गरेको खासगरी तीन विधेयक किसानको हितमा नभएको आन्दोलनरत किसान समूहको जिकिर छ ।

उनीहरूले सरकारले गहुँ र चामलको मूल्य नतोकी ठूला व्यवसायीलाई मूल्यको जिम्मा छोडिदिँदा यो किसानकोभन्दा बढी उद्योगीको पक्षमा रहने र किसानहरू यसबाट मारमा पर्ने बताउँदै आएका छन् । देशभरका लाखौं कृषकहरूका लागि प्रत्यक्ष प्रसारण गरिएको भाषणमा प्रधानमन्त्री मोदीले सेप्टेम्बरमा पारित कानूनहरूले किसानले चाहेको व्यक्ति वा संस्थालाई आफ्नो उत्पादन बेच्नसक्ने र कृषि क्षेत्रमा रहेको कुप्रथालाई हटाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको कदमका कारण स्थानीय बजारहरू बन्द हुन्छन् र सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्य रोकिन्छ भन्ने झूट फैलाइँदैछ । यसका पछाडि नलाग्न र किसानको अधिकारको नाममा राजनीतिक स्वार्थ पूरा गर्ने समूहसँग किसान होसियार रहनुपर्छ ।”

भारतीय जनता पार्टीको अगुवाईमा पहलमा गत वर्ष नौ करोड भारतीय किसानहरूको हितका लागि भन्दै दुई अर्ब ५० करोड अमेरिकी डलर बराबरको आर्थिक योजना सञ्चालन गरेको प्रधानमन्त्री मोदीले चर्चा गर्दै उहाँँले आफूले किसानहरूको अहित नचाहेको र उनीहरूसँग पुनः अर्को चरण वार्ता गर्न चाहेको बताउनुभयो ।

प्रत्यक्ष नगद स्थानान्तरण योजना अन्तर्गत साना किसानहरूले एक बर्षमा चार किस्तामा छ हजार रुपैयाँ पाउनेगरी सरकारले कार्यक्रम ल्याएको थियो । मोदीले भिडीयो सम्मेलनका माध्यमबाट बिभिन्न राज्यका सात किसानहरूसँग कुराकानी गर्नुभएको थियो भने उनीहरूले सरकारको सुधार कार्यक्रमको प्रशंसा गरेका थिए ।

भारतमा करिब एक अर्ब ३५ करोड नागरिकमध्ये ७० प्रतिशत नागरिक कृषिमा आश्रित छन् र उनीहरूको राष्ट्रिय अर्थतन्त्रमा करिब १५ प्रतिशत योगदान रहको छ ।

Read more

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

हिमालय एअरलाइन्स्‌ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्‌ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…