२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
मुख्य खबरसाहित्य

पोखरा लिटरेचर फेस्टीभल : ‘सबै निजी क्षेत्र एक ठाउँ हुनेछ’

पोखरा १६ पुस । नेपालको निजी क्षेत्र आफैंमा विभाजित भएको हुँदा यसबारे बेलाबखत निकै आलोचना हुने गरेको छ । तर अब भने त्यस्तो वातावरण नरहने नेपाल उद्योग वाणिज्य महासंघमा हालै उपाध्यक्ष निर्वाचित चन्द्रप्रसाद ढकालले बताए ।

उनका अनुसार सम्पूर्ण उद्योगी, व्यवसायी र तीसँग सम्बन्धित निकाय अब एकै ठाउँमा उभिने र एउटै बोली बोल्नेछन् । ‘अहिले महासंघको भर्खर–भर्खर वार्षिक साधारणसभा सकिएको छ,’ उनले भने, ‘हामी नवनिर्वाचित समूहहरू नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्समा गएर हाम्रो कमन एजेन्डा बनाउने र एउटै आवाज निर्माण गर्ने अभ्यासमा छौं । यसमा तीन वटै संगठनका पदाधिकारी सहमत भएको अवस्था छ । अब आउने दिनमा निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने कुरामा सबै निजी क्षेत्र एक ठाउँमा हुन्छ भन्ने कुराको म विश्वास दिलाउन चाहन्छु ।’
कोरोना महामारीले पनि एकजुट हुन पाठ सिकाएको उनको आशय थियो । भने, ‘यस्ता महामारी फेरि पनि आउन सक्छन् । हामी सबै उद्योगी, व्यवसायीबीच कमन अन्डरस्ट्यान्डी हुनु आवश्यक छ । त्यो समझदारी भएन भने उद्योग, व्यवसायीलाई मर्का पर्छ ।’

महासंघमा हालको उपाध्यक्ष नै अर्को कार्याकालको अध्यक्ष्य हुने नियम भएकाले ढकालको अभिव्यक्तिलाई थप गम्भिरतापूर्वक लिइएको छ । आईएमई ग्रुपका अध्यक्ष तथा सहसंस्थापक अनि इन्डोनेसियाका लागि अवैतनिक महावाणिज्यदूत पनि रहेका ढकाल पोखरामा भइरहेको आइएमई लिटरेचर फेस्टिभलको दोस्रो दिन, बुधबार ‘कोरोनाकालीन उद्योग वाणिज्य’ सत्रमा आर्थिक पत्रकार कुवेर चालिसेसँग गफिएका थिए ।
कार्यक्रममा उनले कोरोनाकालमा उद्योग, वाणिज्य क्षेत्रले भोगेको दुःख र यसबाट सिकेका पाठहरू सेयर गरेका थिए । कोरोनाकै कारण भर्चुअल माध्यमबाट भइरहेको फेस्टिभलमा उनले अर्थतन्त्रले पनि अब डिजिटलतर्फ छलाङ मारिसकेको बताए । ‘मानव समाज पहिला वस्तु साटासाट गरेर कारोबार गथ्र्यो,’ उनले भने, ‘त्यसपछि पैसा छापियो । त्यसले क्रान्ति ल्यायो । कोरोनाको पाठ के भने, अब मुद्राबाट छलाङ मार्दै हामी डिजिटल इकोनमीतर्फ लागेका छौं । नेपाल पनि डिजिटल इकोनमीमा जान सुरु गरेको अवस्था थियो जसलाई महामारीले अझ छिटो गराइदियो ।’

यसमा निती–निर्माताले साथ दिनुपर्ने ढकालको माग छ । डिजिटल व्यवसायमाथि विश्वास गर्नुपर्ने र कुनै एकले बदमासी गर्दा सम्पूर्णलाई घानमा हाल्न नहुने उनले बारम्बार दोहो¥याए । यो प्रसंग उनले निजी क्षेत्रप्रतिको सरकारी वा आम–हेराइतर्फ पनि इंगित गरेका थिए । ‘कुनै व्यक्ति र फर्मले बदमासी ग¥यो भने सारा निजी क्षेत्र बदमास हुन्छ, नाफाखोर हुन्छ, सीएसआरमा प्रतिबद्ध छैन भनेर जेनेरलाइज गर्नुभएन,’ उनले भने, ‘यो परम्परागत सोचाइ फेर्न आवश्यक छ ।’
नेपाल लगानी बोर्डका सदस्यसमेत रहेका ढकालले चैतपछिको माहोल उद्योग, वाणिज्य क्षेत्रका लागि हदैसम्म कष्टकर रहेको प्रस्ट पारे । अहिले पनि बाह्य पर्यटन ठप्प रहेको स्मरण गराउँदै उनले अबका केही वर्ष आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नु अत्यावश्यक रहेको औंल्याए । सेवा र उत्पादन क्षेत्र, साना उद्योग, व्यवसाय र स्वरोजगारीमा आबद्ध व्यवसायीलाई सबैभन्दा बढी मर्का परेको उनको भनाइ थियो । यो अवस्था अप्रत्यासित भएकाले आफूहरूले महासंघका तर्फबाट पनि पर्याप्त सहयोग गर्न नसकेको पनि उनले स्विकारे ।
‘म रोजगारदाता परिषद्को सभापति पनि भएकाले यो सबै अवस्थालाई नजिकबाट हेर्ने मौका पाएँ,’ उनले भने, ‘उद्योग बन्द भए पनि सरकारले कामदारलार्य शतप्रतिशत तलब देऊ भनेको थियो । कल–कारखानाले यसो गर्न नसक्ने बताइरहेका थिए । त्यो बेला मैले टे«ड युनियनको साथीहरूलाई ५० प्रतिशत तलब दिन सहमत गराएँ । महासंघका तर्फबाट संयोजकका रूपमा मैले गरेको राम्रो महत्वपूर्ण काम मान्छु यसलाई ।’
सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न किन जरुरी छ भन्नेबारे ढकालले उदाहरणसहित भनाइ राखेका थिए । ‘मलेसियाली प्रधानमन्त्री महाथिर बिन मोहम्मद नेपाल आउँदा मैले उहाँलाई दुई दशकमै कसरी मलेसियाको विकास गर्नुभयो भनी सोधेको थिएँ,’ उनले भने, ‘उहाँले निजी क्षेत्रसँगको सहजीकरणले सम्भव भएको बताउनुभयो । निजी क्षेत्रलाई सहयोग गर्दा उद्योग फस्टाएछ । त्यसबाट आएको करले नै मलेसियाको विकास भएको हो रे ।’ कार्यक्रमका प्रस्तोता चालिसेले पनि उनको भनाइमा थपथाप गर्दै कर भनेको सरकारका लागि बिनालगानीको आम्दानी भएको बताए ।
सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने माग गरिरहँदा निजी क्षेत्रले चाहिँ सरकारलाई कोरोना महामारीजस्तो विपद्को घडीमा के सहयोग ग¥यो त भनी सोधिएको प्रश्नमा ढकालले लामै प्रतिउत्तर दिए । ‘यो बीचमा निजी क्षेत्रको तर्फबाट धेरै नै पहल भएको छ,’ उनले भने, ‘मेडिकल सामान सप्लाइ गर्नेदेखि भोकै भएकालाई खाना वितरण गर्ने काम पनि गरियो । तर, सबै कुरा एकैचोटि ठप्प हुँदा चाहेजति सहयोग गर्न भने गाह्रो प¥यो । लामो समय घरभित्रै बिताउनुप¥यो । बाहिर निक्ल्यो कि कोरोना आइहाल्छ भन्ने त्रास थियो । यद्यपि, महासंघका तर्फबाट पनि हामी आफैं गएर दाल, चामल बाढेका थियौं । जिल्लामा पनि सपोर्ट गरियो ।’
सरकारले बजेट र मनिटरी पोलिसीमा उद्योग–व्यवसायीका मर्का सम्बोधन गरे तापनि त्यसको कार्यान्वयनमा समय लागिरहेको ढकालले अवगत गराए । यस्तो बेला साना व्यवसायीलाई राहत प्याकेज दिइएको भए ती तुरुन्तै जागा भएर रेभिन्युमा समेत योगदान पु¥याउन सक्नेमा त्यस्तो नभएको भन्दै उनी माछापुच्छ«े हिमालको फेदमा भइरहेको कार्यक्रममा थोरै चुकचुकाए पनि । ‘साना व्यवासायीलाई हामी आफैंले पनि तुरुन्तै सपोर्ट गर्नुपथ्र्यो,’ उनले थपे, ‘यति गरिएको भए धेरैलाई बचाउन सकिन्थ्यो ।’
आईएमई मनी ट्रान्सफरमार्फत निजी क्षेत्रबाट विप्रेषण भित्र्याउने कामको सुरुवात गरेका ढकाललाई देश रेमिट्यान्ट–ट्र्यापमा प¥यो कि भनेर पनि सोधिएको थियो । उनले त्यसको खण्डन गर्दै रेमिट्यान्सले सक्षम नागरिक निर्माणमा सघाएको टिप्पणी गरेका थिए ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

कविता र गीतमार्फत श्रमिक एकताको सशक्त सन्देश

 शान्ता बास्तोला  दमौली, तनहुँ। ट्रेड युनियन कांग्रेस गण्डकीको दोस्रो प्रदेश परिषद् बैठकमा पार्षद शान्ता बास्तोलाले कविता र गीतमार्फत व्यक्त गरेको शुभकामना मन्तव्यले कार्यक्रमलाई विशिष्ट साहित्यिक उचाइमा पुर्‍याएको छ।…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…