२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्यखबर

राष्ट्र बैंकको अध्यययन :५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आयो

काठमाडौँ, । कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार उद्योग÷व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको पाइएको छ ।

केन्द्रीय बैंकले गरेको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा पछिल्लोपटक गरिएको सर्वेक्षणले ५४ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको देखाएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टका अनुसार २०७७ कात्तिक १३ देखि २०७७ मङ्सिर २४ सम्म तुलनात्मक अध्ययन गर्दा उद्योग प्रतिष्ठानमा तुलनात्मकरूपमा सुधार देखिएको हो ।

यसअघि बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीबाट तथ्याङ्क सङ्कलन गरी कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गरेको थियो ।

सो सर्वेक्षणले बन्दाबन्दीपश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग÷व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग÷व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो । सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा आउन थालेको बैंकको ठहर छ ।

अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्याङ्क सङ्कलन गर्दा कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्रै सञ्चालनमा थियो । पछिल्लो अध्ययनमा भने ५०.५१ प्रतिशत पुगेको छ । यस्तै रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।

यस्तै कृषि वन तथा मत्स्यपालनमा गत असारमा सञ्चालनको अवस्था ५८.०८ प्रतिशत रहेकामा गत मङ्सिरमा आइपुग्दा ७१.९७ प्रतिशत पुगेको छ । खानीतर्फ गत असारमा ४० प्रतिशत रहेकामा मङ्सिरमा ५२.५० पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार उत्पादनमूलक उद्योगतर्फ ६१.९३ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको छ । विद्युत्, ग्यास, पानीतर्फ ९२.५० प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ । निर्माण क्षेत्रमा ५४.८३, थोक तथा खुद्रा व्यापार ५७.२२, होटल तथा रेष्टुरेन्ट १८.११, यातायात तथा भण्डारणतर्फ ५५ प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ ।

सञ्चारतर्फ ४२.२७, रियलस्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप ४६.४३, शिक्षा ३७.५८, स्वास्थ्य तथा सामाजिक कार्य ५२ र अन्य क्षेत्र क्रमशः ४४ प्रतिशत सञ्चालनमा आएको केन्द्रीय बैंकले जनाएको छ । गत असारको तुलनामा उद्योग–व्यवसायको उत्पादन तथा कारोवारको अवस्थामा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन÷कारोवार रहेकामा मङ्सिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ ।्

Read more

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…