२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
देश

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं, २ माघ । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् ।
केन्द्रले रन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी एकता पछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो । नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ ।
कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द) का अध्यक्ष भविसोर पराजुलीले कम्युनिस्टहरुबीच विभाजन आइरहँदा एकता अभियान शुरु गरेको बताए । उनले सच्चा कम्युनिष्टहरुबीचको एकता अभियान चलेको भन्दै धुव्रिकरणले गति लिने बताए । उनले माओवादी आन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरता दिने बताए । उनले भने, ‘तत्कालिन माओवादी केन्द्रलाई पुनर्गठित गरेर ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द) गठन गरेर यहाँ सम्म आएका छौ ।’
कार्यक्रममा वामपन्थी नेता दलविर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिक दिन भएको बताए । उनले भने, ‘अहिले देशको राजनिति परिस्थितीको अवस्था सबै नेपालीले बुझिसकेका छन् ।’ उनले सबै नेपाली राष्ट्र निर्माण गर्ने कुरामा सजग र सचेत हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टीले राष्ट्र निर्माण गरेर उद्देश्य सफल बनाउने जिकिर गरे ।
पुनर्गठित ने.क.पा (माओवादी केन्द)का सल्लाहकार विनोद आचार्यले सात पार्टीबाट नेपालको भविष्य राम्रो बनाउने विश्वास गरे । उनले भने, ‘नेपाललाई समाजवादी नितिबाट देशका कुनै पनि नागरिकले काम खोज्न विश्वका कुनै पनि स्थानमा जान नपरोस् ।’ आचार्यले नेपालीले नै नेपाल बनाउने कामना समेत गरे । कार्यक्रमको संचालन बालकृष्ण लम्सालले गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपाल श्रमजीवि पार्टी, ने.क.पा (माक्र्सवादी), पुर्व जनमुक्ति सेना एकता पार्टी र थारु राष्ट्रिय मुक्ति मोर्चाबीच पार्टीगत एकता भएको हो । पार्टी एकतामा सैद्धान्तिक, राजनितिक तथा संगठानात्मक विषयमा खुला र मैत्रीपुर्ण विचारधारात्मक छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको छ ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…