२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खेलकुददेशस्थानिय समाचार

नेपालगञ्ज पौडी पोखरीको मर्मत शुरुआत

नेपालगञ्ज ५ माघ । सञ्चालनमा नआउँदै जीर्ण बनेको नेपालगञ्ज पौडी पोखरीको मर्मत शुरुआत भएको छ । रु १९ करोडको लागतमा नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माण गरिएको सो पौडी पोखरीको नौ महिना अघि औपचारिक रूपमा उद्घाटन गरिएको थियो भने निर्माण अधुरै रहेका कारण सञ्चालनमा आउन सकेको थिएन ।

सञ्चालन नहुँदा जीर्णावस्थामा पुगेको पौडी पोखरीको ट्रेक, सीसा, र प्याराफिट प्लास्टर गर्ने कार्य अहिले भइरहेको मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जका प्रमुख महेश चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीलाई कार्यालयले बारम्वार ताकेता गरेपश्चात मर्मत कार्य शुरु भएको हो । निर्माणको जिम्मा पाएको जोशी निर्माण सेवाले अहिले करिव रु. ७ लाख खर्च गरेर मर्मत सम्भार कार्य शुरु गरेको छ ।

“पौडी पोखरीको औपचारिक उद्घाटन भएपनि निर्माण कार्य पूर्ण नभएका कारण सञ्चालन आउन सकेन”,उहाँले भन्नुभयो,“कार्यालयका तर्फबाट तीन पटकसम्म पत्र काटेपछि निर्माण कम्पनी मर्मत सम्भार गर्न तयार भएको हो ।” राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले गत गत फागुन २२ गते पौडी पोखरीको औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो । यस लगत्तै मध्यपश्चिम खेलकुद विकास समितिले पौडी पोखरी सञ्चालनको लागि प्रयास गरेपनि प्राविधिक समस्या देखिएका कारण सञ्चालन हुन नसकेको कार्यालयका लेखा अधिकृत मिनबहादुर जिसीले जानकारी दिनुभयो । “सञ्चालन तयारी गर्दा गर्दै प्राविधिक समस्यासँगै कोरोना महामारीका कारण लकडाउन भयो त्यसपछि सञ्चालन हुनै सकेन”, उहाँले भन्नुभयो,“लामो समयसम्म सञ्चालन नहुँदा जीर्ण बनेको पौडी पोखरीको मर्मत सम्भार हुनासाथ सञ्चालन गर्ने तयारी भईरहेको छ ।”

वि.सं २०६६ सालमा तत्कालीन युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले पौडी पोखरीको शिलान्यास गर्नुभएको थियो । एक दशकपछि आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा आयोजना हुने भएपछि पौडी पोखरी निर्माणको काम अघि बढेको थियो । मध्यपश्चिम खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भीम ओलीले नेपालगञ्ज जस्तो गर्मी ठाउँमा पौडी पोखरी निर्माणले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । पौडी पोखरीमा पौडीका ठूला प्रतियोगिता गराउन सकिने छ । पौडी पोखरीमा एक पटकमा तीन सय पचास जनाले पौडी खेल्न सक्ने क्षमता रहेको छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…