२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
प्रशासन

घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ, १६ चैत ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा पेश गरिएका उमानाथ खतिवडाले वकपत्र पेश गर्दा गलत मनसाय राखेको पाइएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय इलामका तत्कालीन डिभिजनल इञ्जिनीयर सुवास बस्नेतले घुस लिएको अभियोगमा विशेष अदालतमा नै मुद्दा चलिरहेको अवस्थामा सरकारी साक्षीको वकपत्रमा अन्यथा हुने गरी प्रतिकूल वकपत्र गरेको पाइएको छ ।

आयोगका अनुसार खतिवडाले झापा गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप कार्य गर्न बस्नेतले उपलब्ध गराएको बैंकको खातामा पटक पटक गरी रु ३७ लाख ५० हजार जम्मा गरेको पाइएको छ । आयोगले खतिवडा विरुद्ध सोही अनुसारको बिगो कायम गरी भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रुाद रिसालले जानकारी दिनुभयो ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

कास्कीमा पहिलोपटक सार्वजनिक सेवाको ‘होम डेलिभरी’ सुरु: अन्नपूर्ण गाउँपालिकाबाट राहदानी घरमै वितरण

अन्नपूर्ण, कास्की — कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको ‘होम डेलिभरी’ प्रणाली सुरु गरिएको छ। नागरिकलाई सरकारी सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) घरमै पुर्‍याउने…

भदौ २३–२४ घटनाबारे कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

गोली चलाउनेदेखि दमनमा संलग्न सबैमाथि कारबाही सिफारिस काठमाडौँ। भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ।…

प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा निर्वाचन, सुरक्षा र संविधानको चर्को बहस

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाज सहभागी सर्वपक्षीय बैठकमा प्रतिनिधि सभा निर्वाचनको मिति, शान्ति–सुरक्षा अवस्था र समानुपातिक बन्दसूचीको…