२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
फिचर समाचार

अक्सिजनसहितका आइसोलेशन सेन्टर तयार गर्दै

सुर्खेत, कोरोना संक्रमितको संख्या बढ्दै गए पछि स्थानीय तहले पनि कोरोना रोकथाम र व्यवस्थापनको तयारीलाई तिव्रता दिएका छन् । सुर्खेतका सबै स्थानीय तहले अक्सिजनसहितका आइसोलेशन बेड तयारीलाई तिव्रता दिएका हुन ।

सक्रमितको संख्या बढ्दै गए पछि स्थानीय तहले अक्सिजनसहितका बेड तयारमा जुटेका छन् । गुर्भाकोट नगरपालिकाले मेहेलकुना अस्पतालसँग समन्वय गरेर सिटी हलमा २५ बेडको अक्सिजनसहित बेड तयार गरेको छ ।

यस्तै सिम्ता गाउँपालिकामा ५० बेडको अक्सिजनसहितको आइसोलेशन बेड तयारी गरिएको छ । गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले अप्ठेरो परेको खण्डमा गाउँपालिकाले बनाएको आइसोलेशनमा राखिने जानकारी दिनुभयो । उहाँले यस बाहेक स्वाव सकलन, एन्टिजेनबाट परीक्षण गर्नुका साथै गाउँपालिकाले अन्य बिरामी हुन नदिनका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलिले घरदैलो अभियान पनि गरेको बताउनुभयो ।

चिङ्गाड गाउँपालिकामा १५ बेडको अक्सिजनसहित आइसोलेशन बेड बनाएको छ । गाउँपालिकामा पाँच बेडको कोरोना अस्प्ताल पनि रहेको गाउँपालिकाले जनाएको छ । अहिले सात जनालाई गाउँपालिकाले बनाएको आइसोलेशनमा उपचार भइरहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले पनि ५० बेडको अक्सिजनसहितको आइसोलेशन बेड तयार गर्ने गरी काम अघि बढाएको छ । उपप्रमुख मोहनमाया ढकालले अब एकदुई दिनमा २५ बेडको अक्सिजनसहित संचालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले प्रत्येक वडामा रहेका स्वास्थ्य संस्था प्रमुखलाई फोर्कल पर्सन तोकेर कोरोना सक्रमितको निगरानी गरिएको बताउनुभयो । उहाँले अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा पनि रहेको जानकारी दिनुभयो ।

यस्तै पञ्चपुरी नगरपालिकाले पनि १५ वेडको अक्सिजनसहितको आइसोलेशन बेड तयार गरेको छ । नगर प्रमुख उपेन्द्र थापाका अनुुसार अहिले पाँच बेडको अस्थायी कोरोना अस्पतालमा एक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । उहाँले अक्सिजन शिलिण्डर खरिद, चिकित्सकको व्यबस्थाका लागि प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
चौकुने गाउँपालिकामा पनि पाँच बेडको अक्सिजनसहितको आइसोलेशन बेड तयार गरेको छ । जनस्वास्थ्य अधिकृत गगन पाँण्डेले यसको विस्तार गर्दै ५० बेड पु¥याउने लक्ष्य लिएको जानकारी दिनुभयो । भेरीगंगा नगरपालिकाले एक करोड एक लाखको कोरोना कोष स्थापना गरेको छ । औषधि खरिद, अक्सिजन शिलिण्डर खरिदका लागि प्रक्रिया अघि बढाएको नगरपालिकाले जनाएको छ । कोरोना फोर्कल पर्सन धिरेन्द्र घर्तीले अहिले तत्तका अक्सिजनसहितको दुई बेड तयारी अवस्थामा राखिएको र तत्तकाल १५ बेड बनाइने जानकारी दिनुुभयो ।
यस्तै लेकवेशी नगरपालिकाले १५ बेडको अक्सिजनसहितको आइसोलेशन तयार गरेको छ । नगर प्रमुख गगनसिं सुनारले दशरपुर कृषि अनुसन्धान केन्द्रको भवनमा १५ बेडको अक्सिजनसहितको बेड तयार गरिएको जानकारी दिनुभयो । अहिलेसम्म सामान्य विरामी होम आइसोलेशनमा र गम्भिर प्रकृतिका बिरामीलाई प्रदेश अस्पतला पठाउने गरिएको उहाँको भनाई छ ।
कोरोनाको दोस्रो लहर आएसँगै सुर्खेतमा पनि कोरोना सक्रमितको संख्या बढ्दो छ । अहिलेसम्म सुर्खेतका सक्रिय सक्रमितको संख्या एक हजार पाँच सय बढी छ । कोरोना सक्रमणको जोखिम बढ्दै गए पछि सुर्खेतमा बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

soruce: https://gorkhapatraonline.com/mustread/2021-05-06-36922

Read more

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

बिपीको समाजवाद

युवराज खनाल, शुक्ला-१, तनहुँ । सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु…

जापानिज शिक्षण सिकाईबाट प्रभावित ‘म’

शिक्षकले शिक्षणको माध्यमबाट सिक्ने ,  सिकाउने , बन्ने र बनाउने निरन्तर कर्म गर्दै विद्यार्थीलाई कक्षाकोठाको सानो झ्यालबाट सारा संसार देखाइरहेका हुन्छन् । एक असल विद्यार्थी , असल समाज…

राष्ट्रिय बालदिवस र आजका हाम्रा बालबालिका

युवराज खनाल/ वि.सं. २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवसू २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा…

संविधान दिवस सरकार र राजनीतिक दलहरु

युवराज खनाल/  दुईतिहाइको सरकार गठन भएको यत्तिका बर्ष बितिसक्दा पनि आमनागरिकहरूले सरकार परिवर्तन र कुनै बिकासको नयाँ अनुभव गर्न सकिरहेका छैनन् । संविधानमा भएका प्रावधानहरू पारित हुने क्रम…