२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
अर्थ र वाणिज्यकृषिमुख्य खबरसहकारीस्थानिय समाचार

सहकारीका कानुनी समस्या समाधानका लागि पहल गर्छु ः मन्त्री बुढा

बागलुङ, १७ साउन । गण्डकी प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शनिवार स्वागत तथा सम्मान गरेको छ । मन्त्रीभएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री बुढालाई साविक धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाले स्वागत तथा सम्मान गरेको हो ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।
संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३२ करोड बचत, ३४ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाका सचिव ललिता थापाले जानकारी दिनुभयो ।

आदर्श सञ्चार सहकारीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरले सहकरी क्षेत्रका कानूनी समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले संघीय सरकारको सहकारी नीतिले गण्डकी प्रदेशका सहकारीलाई कामगर्न केहीअसहजभएको भन्ने आफूले महशुस गरेको बताउनुभयो ।
सहकारीको क्षेत्रमा अग्रहणी रुपमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले सूचना तथा सञ्चार लगायत वित्तीय र सामाजिक क्षेत्रमा गरेका कामका बारेमा आफु जानकार रहेको भन्दै मन्त्री बुढाले सहकारी क्षेत्रसंग सहकार्य गरेर थप योगदान पुग्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । “आदर्श सञ्चार सहकारी जसले सञ्चार क्षेत्रमा लामो समय काम गरेको छ, सहकारीहरु प्रशंसा योग्य हुनुपर्दछ, मैले सहकारीका अभियन्ता संग बसेर झलफल गरेपछि एक ढंगले सहकारीको सबली करणका लागि लाग्छु ।” मन्त्री बुढाको भनाइ थियो ।
कार्यक्रममा सस्थाकाअध्यक्षहुमाकुमारी जिसीअन्जुले मन्त्री बुढालाई दोसल्ला र प्रशंसा पत्रद्वारा स्वागत तथा सम्मान गर्नुभएको थियो । कार्यक्रममा सहकारी अभियानको सबलीकरणका लागि गर्नु पर्ने काम तथा आदर्शसञ्चार सहकारी संस्थाका बारेमा संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी गराउनुभएको थियो ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

तरकारी घरबाटै बजारमा : वालिङमा कृषि एम्बुलेन्स सेवा सुरु

३२ लाख ९० हजार रुपैयाँको लगानीमा सेवा सञ्चालन, ढुवानी खर्च घट्ने र किसानको आम्दानी बढ्ने अपेक्षा स्याङ्जा, वालिङ । वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज…