२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

गोर्खालीको सम्मानमा सबै जुटौं– पर्यटन मन्त्री शर्मा

भाद्र २, पोखरा
गोर्खाली विरहरुको सम्मानमा सरकार र नागरिक सबै जुटेर काम गरेमा नेपालकै शान विश्व भर कायम रहने बताउँदै पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गण्डकी प्रदेश सरकार सदैव गोर्खालीको सम्मानमा रहने बताएका छन् ।
बुधबार स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकामा निर्माणाधिन गोर्खा स्मारक स्थलको अवलोकन गर्दै मन्त्रीले शर्माले गोर्खाली सैनिकको ईतिहासलाई लिपिबद्ध गरी विश्व बजारमा बिक्री गर्दा मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी पालिकाले यस योजनालाई गौरवको योजनाको रुपमा लिएर काम गरीरहेको बताउँदै प्रदेश र संघीय सरकारले यसमा चासो र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । त्यसै गरी वडा नं. १ का अध्यक्ष खिमबहादुर क्षेत्रीले लगानी अनुसारको वातावरण सिर्जना गर्न सबैलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा प्रजातन्त्रका सेनानी तारापती सुवेदीले सेनाहरुको बहादुरीले नेपालको इज्जत आएको र अहिले पनि नेपालीलाई राम्रो काम गर्ने सेनाको रुपमा हेरिने भएकाले यस्ता पार्कहरुले सबैको इज्जत हुने बताएका छन् । युवा नेता यमप्रसाद पौडेलले पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
सन् १८१४को नेपाल–अंग्रेज युद्धदेखि विश्वका विभिन्न देशका युद्ध भूमिहरुमा मारिएका साठी हजार भन्दा बढी वीर गोर्खाबाट परिचित वीरगति प्राप्त नेपाली युवाहरुको चिर स्मृतिमा पार्क निर्माण भईरहेको गोर्खा स्मारक ट्रष्टका अध्यक्ष जंगबहादुर गुरुङले जानकारी गराएका छन् ।
गोर्खाली सैनिक माथी भएको विभेदका विरुद्धमा विदेशमा समेत लडाई भईरहेको ट्रष्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले बताउँदै आफ्ना नागरिकको सम्मान र स्मृतिका लागि सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । एजेन्सी

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…