

पोखरा भ्यूज
पोखरा, १ भाद्र । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको पहलमा अटोमोवाइल व्यवसायी, कर्मचारी र मेकानिक्सलाई कोरोना विरुद्धको खोप प्रदान गरिएको छ ।
खोप प्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले खोप लगाएसँगै व्यवसाय सुचारु गर्ने वातावरण बन्ने र व्यवसायीलाई सुरक्षित भएर व्यवसाय संचालन गर्न आग्रह गरे ।
फ्रन्टलाइनमा बस्ने व्यवसायी, कर्मचारी र मेकानिक्सलाई खोप प्रदान गरिएसँगै काम गर्ने वातारवण सृजना भएको र आफुहरु सुरक्षित भएर व्यवसाय संचालन गर्ने वातावरण मिलेको एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष रविन्सन प्रजु, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृत बस्नेत ेपोखरा उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष पवन प्रजापति, उद्योग उपाध्यक्ष गोकर्ण कार्की, पुर्ब अध्यक्ष धुर्ब बहादुर थापा, महासचिव दिपेन्द्र कोइराल लगायत सहभागी रहेको थियो । ३ सय ८० जना व्यवसायी, कर्मचारी र मेकानिक्सलाई खोप प्रदान गरिएको संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए ।







सम्बन्धित खवर
















