२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

रोटरी क्लबद्वारा पोखराका दुई बिधालयमा शैक्षिक सामग्री वितरण

पोखरा भ्यूज । रोटरी क्लब अफ पोखरा न्यूरोडले पोखराका दुई बिधालयमा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले बाबा फ़ाउण्डेशन नेपालसँगको सहकार्यमा शनिवार पोखरा महानगरपालिका–५ मा रहेका बाराही माबी र धर्मस्थली आधारभूत विद्यालयमा अध्ययनरत २०७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

शनिवार बिधालय परिसरमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ५ का अध्यक्ष धनबहादुर नेपाली, बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठ, रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष सुवर्ण कोईराला, क्लबका पूर्वअध्यक्ष एवं क्लबका पदाधिकारीहरूले दुवै बिधालयका प्रअ शिव भण्डारी र केदार बराललाई संयुक्त रूपमा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री अभाव रहेको जानकारी प्राप्त भएपछि स्टेशनरी सामग्री वितरण गरिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष सुवर्ण कोईरालाले बताए ।

क्लबले स्थापना कालदेखि कास्की र आसपासका जिल्लामा आवश्यकता अनुसार विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको अध्यक्ष कोईराला जानकारी गराए ।

बाबा फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले फाउण्डेशनले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आइरहेको बताउनुभयो । उहाँले बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरिवि र बिपन्नताका कारण कपि कलमको समस्याले बिधार्थीहरुमा पठन पाठनमा कठिनाई भएको बिधालय प्रशासनबाट प्राप्त सुचना अनुसार शैक्षिक समाग्री बितरण गरिएको बताउनु भयो।

१ देख़ि ५ कक्षामा अध्ययनरत बाराही माबीका १०५ र धर्मस्थली आधारभूत विद्यालयका १०२ जना छात्रछात्रालाई जनहि १/१ दर्जन कपि, कलम, सिसाकलम सोहि मात्रामा इलेजर र कटर वितरण गरिएको र आवश्यकता अनुसार निरन्तरता दिईने क्लबका सर्भिस कमिटीचेयरपर्सन पुष्पकमल पौडेलले बताउनु भयो ।

क्लबका अध्यक्ष सुवर्ण कोईरालाको अध्यक्षतामा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ का अध्यक्ष धनबहादुर नेपाली, क्लबका पूर्वअध्यक्षहरु रवि वराल, पशुपति शर्मा, पुष्पकमल पौडेल, आउदो बर्षका अध्यक्ष गीता सिग्देल, उपाध्यक्ष दीपेन्द्र शर्मा, सचिव दुर्गा पौडेल लगायतको सहभागिता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…