371Shares

पोखरा फ्लाईट सेन्टर टुर्स एण्ड ट्राभल्सले आफ़नो सेवा विस्तार गरेको

१५ बर्ष पुरानो यस ट्राभल्सले मणिपाल टिचिङ्ग हस्पिटलको पहिलो तल्लाबाट सेवा सञ्चालनमा आएको हो बिगत १५ वर्ष देखिपोखराको लेकसाईडबाट ट्राभल्स तथा टिकेटिङ सेवा दिदै आएको पोखरा फ्लाईट सेन्टर टुर्स एण्ड ट्राभल्सको सिटी अफिस पोखरा१७हिमाली टोलमा रहेको

पर्यटनसँग सम्बन्धित विभिन्न कामहरु गर्ने उद्देश्यले नेपाली पर्यटन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस कार्यालयबाट ट्राभल्स, ट्रेक्स, टुर्स, एडभेन्चर्स, कुरिअर्स, रेमिटेन्स लगाएत सेवा लिन सकिने संचालक ऋषी पौडेलले जानकारी दिनुभयो स्वदेशी तथा बाह्य उडानकाहवाई टिकट, भारतका विभिन्न स्थानमा जान रेल टिकट, काठमाण्डौ, पोखरा, चितवन, मुस्ताङ, लुम्बिनी लगायतका स्थानमा जानेएसीबस, हायस जीपहरु भाडामा उपलब्ध गराउने सञ्चालक पौडेलले जानकारी दिनुभयो

नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरुमा देशदर्शन कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको

पोखरा महानगरपालिका वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोला, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष संजय कान्त सिग्देल, मणिपाल अस्पतालका डिन दिलीप अग्रवालले संयुक्त रूपमा ट्राभल्स कार्यालयको शुभारम्भ गर्दै यस क्षेत्रमा पर्यटन संम्बन्धि काम गर्ने स्तरीयसंस्था नभएकामा आज खुलेको यस क़ार्यालयबाट गुणस्तरीय सेवा प्रबाह हुने अपेक्षा व्यक्त गर्नुभयो ट्राभल एजेन्सी नुहँदा हवाई टिकटखरिद तथा अन्य पर्यटन गतिविधि कार्यक्रमका बारेमा जानकारी लिन लेकसाईड जानु पर्ने बाध्यता थियो अब भने यहीबाट सबै कामहुने भएकाले स्थानीयले थप सेवा सुविधा पाउने भएका छन्

शुभारम्भ कार्यक्रममा बुद्व एयर लायन्सका भुवनेश्वर त्रिपाठी, एती एयरलायन्सबाट राम लामिछाने, नाट्टा गण्डकी प्रदेशका प्रथमउपाध्यक्ष हरिराम अधिकारी, मणिपाल अस्पतालका बिभागिय प्रमुख लगाएतको उपस्थिति रहेको थियो

371Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected