२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

पोखरा फ्लाईट सेन्टरको विस्तार

पोखरा फ्लाईट सेन्टर टुर्स एण्ड ट्राभल्सले आफ़नो सेवा विस्तार गरेको छ ।

१५ बर्ष पुरानो यस ट्राभल्सले मणिपाल टिचिङ्ग हस्पिटलको पहिलो तल्लाबाट सेवा सञ्चालनमा आएको हो । बिगत १५ वर्ष देखिपोखराको लेकसाईडबाट ट्राभल्स तथा टिकेटिङ सेवा दिदै आएको पोखरा फ्लाईट सेन्टर टुर्स एण्ड ट्राभल्सको सिटी अफिस पोखरा–१७हिमाली टोलमा रहेको छ ।

पर्यटनसँग सम्बन्धित विभिन्न कामहरु गर्ने उद्देश्यले नेपाली पर्यटन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस कार्यालयबाट ट्राभल्स, ट्रेक्स, टुर्स, एडभेन्चर्स, कुरिअर्स, रेमिटेन्स लगाएत सेवा लिन सकिने संचालक ऋषी पौडेलले जानकारी दिनुभयो । स्वदेशी तथा बाह्य उडानकाहवाई टिकट, भारतका विभिन्न स्थानमा जान रेल टिकट, काठमाण्डौ, पोखरा, चितवन, मुस्ताङ, लुम्बिनी लगायतका स्थानमा जानेएसीबस, हायस जीपहरु भाडामा उपलब्ध गराउने सञ्चालक पौडेलले जानकारी दिनुभयो ।

नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरुमा देशदर्शन कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोला, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष संजय कान्त सिग्देल, मणिपाल अस्पतालका डिन दिलीप अग्रवालले संयुक्त रूपमा ट्राभल्स कार्यालयको शुभारम्भ गर्दै यस क्षेत्रमा पर्यटन संम्बन्धि काम गर्ने स्तरीयसंस्था नभएकामा आज खुलेको यस क़ार्यालयबाट गुणस्तरीय सेवा प्रबाह हुने अपेक्षा व्यक्त गर्नुभयो । ट्राभल एजेन्सी नुहँदा हवाई टिकटखरिद तथा अन्य पर्यटन गतिविधि कार्यक्रमका बारेमा जानकारी लिन लेकसाईड जानु पर्ने बाध्यता थियो । अब भने यहीबाट सबै कामहुने भएकाले स्थानीयले थप सेवा सुविधा पाउने भएका छन् ।

शुभारम्भ कार्यक्रममा बुद्व एयर लायन्सका भुवनेश्वर त्रिपाठी, एती एयरलायन्सबाट राम लामिछाने, नाट्टा गण्डकी प्रदेशका प्रथमउपाध्यक्ष हरिराम अधिकारी, मणिपाल अस्पतालका बिभागिय प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…