46Shares

पोखरा भ्यूज  रोटरी क्लब अफ पोखरा न्यूरोडले पोखराका दुई बिधालयमा शैक्षिक सामग्री वितरण गरेको क्लबले बाबा फ़ाउण्डेशन नेपालसँगको सहकार्यमा शनिवार पोखरा महानगरपालिका मा रहेका बाराही माबी धर्मस्थली आधारभूत विद्यालयमा अध्ययनरत २०७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो

शनिवार बिधालय परिसरमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं का अध्यक्ष धनबहादुर नेपाली, बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठ, रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष सुवर्ण कोईराला, क्लबका पूर्वअध्यक्ष एवं क्लबका पदाधिकारीहरूले दुवै बिधालयका प्रअ शिव भण्डारी केदार बराललाई संयुक्त रूपमा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री अभाव रहेको जानकारी प्राप्त भएपछि स्टेशनरी सामग्री वितरण गरिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष सुवर्ण कोईरालाले बताए 

क्लबले स्थापना कालदेखि कास्की आसपासका जिल्लामा आवश्यकता अनुसार विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको अध्यक्ष कोईराला जानकारी गराए ।

बाबा फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले फाउण्डेशनले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी स्थानिय श्रोत साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आइरहेको बताउनुभयो उहाँले बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरिवि बिपन्नताका कारण कपि कलमको समस्याले बिधार्थीहरुमा पठन पाठनमा कठिनाई भएको बिधालय प्रशासनबाट प्राप्त सुचना अनुसार शैक्षिक समाग्री बितरण गरिएको बताउनु भयो।

देख़ि कक्षामा अध्ययनरत बाराही माबीका १०५ धर्मस्थली आधारभूत विद्यालयका १०२ जना छात्रछात्रालाई जनहि / दर्जन कपि, कलम, सिसाकलम सोहि मात्रामा इलेजर कटर वितरण गरिएको आवश्यकता अनुसार निरन्तरता दिईने क्लबका सर्भिस कमिटीचेयरपर्सन पुष्पकमल पौडेलले बताउनु भयो

क्लबका अध्यक्ष सुवर्ण कोईरालाको अध्यक्षतामा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नं का अध्यक्ष धनबहादुर नेपाली, क्लबका पूर्वअध्यक्षहरु रवि वराल, पशुपति शर्मा, पुष्पकमल पौडेल, आउदो बर्षका अध्यक्ष गीता सिग्देल, उपाध्यक्ष दीपेन्द्र शर्मा, सचिव दुर्गा पौडेल लगायतको सहभागिता रहेको थियो

46Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected