अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सन्ट्रेटर
- September 8, 2021
- 3051

पोखरा, २३ भाद्र । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. १६ को समन्वय तथा नेपाल चीन जनमैत्री संघको सहयोगमा अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे तथा नेपाली काँग्रेस पोखरा १६ का पदाधिकारीहरुले स्वास्थ्य केन्द्रका इन्चार्ज महेन्द्र गुरुङलाई संयुक्त रुपमा अक्सिजन कन्सन्ट्रेटर र दुई थान अक्सिमिटर समेत हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले कोभिड–१९ को प्रभावलाई मध्यनजर गरी केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर समेतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए । उनले संघबाट पोखरामा उज्यालो कार्यक्रम अन्तर्गत सोलार लाइट, एबुलेन्स सञ्चालन तथा कोभिड–१९ विरुद्ध लड्न तीन चार करोड मूल्य बराबरका स्वास्थ्य सामाग्री वितरण गरिंदै आएको जानकारी दिए ।
व्यवसायी समेत रहेका अध्यक्ष पालिखेले अर्मला क्षेत्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क इन्टरनेट सेवा जडान गरिदिने घोषणा समेत गरेका छन् ।
सोही कार्यक्रममा उनले नेपाली काँग्रेस पोखरा १६ लाई समेत दुई थान अक्सिमिटर समेत हस्तान्तरण गरेका थिए । नेपाली काँग्रेसका पोखरा १६ का वडा सभापति अमृत शर्मा तिमिल्सिनाले नेपाल चीन मैत्रीसंगको सहयोगप्रति आभार प्रकट गर्दै कोरोना विरुद्ध लड्न वडाबासीलाई केही हदसम्म सहज हुने बताए । नेपाली काँग्रेसका युवा नेता एवं क्षेत्रीय प्रतिनिधि शिवराज देवकोटाले दाताप्रति आभार व्यक्त गर्दै अर्मलाको समग्र विकासका निम्ति पहलकदमी आवश्यक भएको र त्यसका लागि नेपाल चीन जनमैत्री संघसँग विशेष आग्रह गरे ।
के हो अक्सिजन कन्सन्ट्रेटर ?
हामी वरपरको हावालाई शुद्धिकरण गरी विरामीसम्म अक्सिजन पु¥याउने उपकरणलाई अक्सिजन कन्सन्ट्रेटर भनिन्छ । वास्तावमा यो एक प्रकारको मेडिकल डिभाइस हो, यसले वरपर वहने हावालाई आफूतिर आकर्षण गरी त्यस्तो हावालाई छानेर शुद्ध अक्सिजन उत्पादन गर्दछ । यसले विरामीलाई थप अक्सिजन प्रदान गर्दछ । विज्ञका अनुसार अक्सिजन कन्सन्ट्रेटरले हावामा भएका विभिन्न प्रकारका ग्याँसमध्ये अक्सिजन मात्र छुट्याउँछ राख्छ । यसबाट ९५ प्रतिशत शुद्ध अक्सिजन प्राप्त हुन्छ । जब कि हावामा २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अरु अन्य ग्याँस हुन्छ । कन्सन्ट्रेटरले त्यसबाट छानेर ९५ प्रतिशत अक्सिजन दिने काम गर्दछ ।






सम्बन्धित खवर
















