२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

डिस होमको पोखरामा फाइबर इन्टरनेट सेवा शुभारम्भ

पोखरा भ्यूज । डिस होम नेपाल कम्पनीले पोखरामा फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ।

सुरुवाती चरणमा पोखराका विभिन्न २५ ठाउबाट सेवा सुचारु गर्ने डिस होम नेपाल पोखराका डिलर एवं भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका संचालक अम्बिकामोहन भट्टराईले जानकारी दिए ।

कम्पनीले यो वर्षभित्र गण्डकी प्रदेशका कुनाकाप्चामा सेवा विस्तार गरिसक्ने योजनामा काम गरिरहेको जनाएका छन । कम्पनीले चाँडै नै स्याटेलाइट इन्टरनेटको काम सुरु गर्ने बताएको छ।

बुधवार पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले डिस होम नेपालको कार्यालय उद्घाटन गर्दै उपभोक्तालाई सस्तो सर्भसुलभ गुणस्तरीय इन्टनेट सेवा  प्रदान गर्न आग्रह गरे ।

भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिस होमफाइवर नेटको औचित्य बारे प्रकास पार्दै  नेपालमा इन्टरनेट क्रान्ती शुरु भयो सस्तो सर्भसुलभ र गुणस्तरीय इन्टरनेट सेवा सहित प्रत्येक ग्राहकहरुलाई थप सेवा सुबिधा उपलब्ध गराउने बताए । आजको दिनबाट नै जडान हुने सेवामा १० Mbps देखि ग्राहकको रोजाई अनुसार १०० Mbps सम्मको प्याकेज उपलब्ध रहेको छ ।

डिस होमका सेल्स मेनेजर प्रदिप सुबेदीले सहरी एरियाबाट सुरु गरेको डिस होम फ़ाईबर नेटले आफ्नो सेवालाइ ग्रामिण एरियाका ग्राहकलाई पनि छिट्टै सेवा उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गर्दै ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनु नपर्ने जनाउ दिए ।

डिस होम कम्पनीको पोखरा डिलर भट्टराई एण्ड ब्रदर्स प्रालीले गण्डकी तथा धवलागिरी क्षेत्रमा लामो समयदेख़ि विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक एलेक्ट्रोनिक्स तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरण गर्दै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…