0Shares

पोखरा भ्यूज सम्वाददाता 

पोखरा, ३१ भाद्र । लमजुङको मध्यनेपाल स्थित पैराबन गाउँलाई लायन्स नमुना उद्यमी गाउँका रुपमा विकास गरिने भएको

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि नेपालको यस वर्षको मुख्य कार्यक्रम लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियान अन्तरगतबुधबार लमजुङको मध्यनेपाल नगरपालिका को पैराबन गाउँलाई लायन्स नमुना उद्यमी गाउँका रुपमा शुभारम्भ गरिएको हो।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीको प्रमुख आतिथ्यतामा पैराबन गाँउलाई लायन्स उद्यमी नमुना गाँउघोषणा गरिएको लायन्स डिष्ट्रिक्ट ३२५ वि नेपालका क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए

लायन्स नमुना उद्यमी गाउँका रुपमा शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले सामाजिकसंस्था लायन्सले गरेका सेवा कार्यहरुको प्रसंसा गर्दै पैराबन गाँउलाइ नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानलाई सबै मिलेरसफल बनाउनुपर्ने बताइन साथै सहयोगको अति आबश्यक रहेको यो पैराबन गाउँ छनौट गरेकोमा लायन्स डिष्ट्रिक्ट ३२५ वि परिवारलाई धन्यबाद समेत दिइन

लायन्स डिष्ट्रिक्ट ३२५ वि नेपालका डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आर्चायले लायन्सले हरेक वर्ष बिभिन्न कार्यक्रमहरु गरिरहेको यो बर्षदीगो बिकाशको कार्यक्रम गर्ने उदेश्यले १४ जिल्लाको १४ गाउँमा नमुना उद्यमी गाउँ बनाउने योजना अनुरुप पैराबन गाउँमा यो कार्यक्रमल्याएको बताए लायन्सले गर्ने नियमित सेवाका कार्यसंगै नमुना उद्यमी गाउँ बनाउने अभियानमा सहकार्य गर्न गभर्नर आर्चायले सबैलाईआग्रह समेत गरेका छन

लायन्स मोडेल भिलेज लमजुङका प्रमुख तथा कार्यक्रम संयोजक चन्द्रप्रसाद अधिकारीले पैराबन गाउँमा यो बर्ष लायन्सका कार्यक्रमकेन्द्रित गरी स्थानिय जनतालाई बिभिन्न किसिमका तालिम, शिप सिकाउदैं कृषी, पशुपालनबाट गाउँलेको आयआर्जन बढाउनेअभियानमा लायन्स लागेको बताए

सो अवसरमा डिष्ट्रिक्ट तथा विभिन्न क्लब, संघ सस्थाबाट प्राप्त करिब १३ लाख बराबारको सामाग्री पनि गाउँलाई हस्तान्तरण गरिएकोथियो कार्यक्रममा थान हाते ट्रयाक्टर, थान ल्यापटप, ४२ थान वाटर फिल्टर, ४८ थान डष्टबिन, ४० थान मौरी घार, ९१ थान स्कुलब्याग , १०० थान स्वीटर, सिलाई मेशिन थान, आरन थान, बाध्यबादनका सामाग्री, खेलकुद सामाग्री, स्टेशनरी, तरकारी फलफूलकाविरुवा, छात्रबृती लगायत सामाग्रीहरु हस्तान्तरण गरिएको क्याविनेट सेक्रेटरी हुमागाईले बताए

लमजुङ मध्य नेपाल नगरपालिकाका का वडाध्यक्ष एवं प्रबक्ता गगन घिमिरे, ब्रिटिस नागरिक लि विलियन, प्रधानमन्त्री कृषीआधुनिकिकरण परियोजनाका कृष्ण प्रसाद तिवारी, लायन्स डिष्ट्रिक्ट ३२५ वि नेपालका फष्ट भिडिजि महेन्द्र पौडेल, सेकेण्ड भिडिजिमणीश्री रत्न बज्राचार्य, एलआरपिसि चिफ राम बसेल, क्लष्टर चिफ मधुसुदन कोइराला,, मोडल भिलेज उपभोक्ता समुह लमजुङकाअध्यक्ष बुद्धीसागर पोख्रेल लागायतले आआफ़ना भनाई राखेका थिए

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected