0Shares

पोखरा भ्यूज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा गरेको निर्णयमाथि राष्ट्र बैंकले हस्तक्षेप गरी दुई दिनभित्र समायोजन गर्न निर्देशन दिएको भोलिपल्टै शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । लगातार दुई दिनसम्म घटेको बजार बुधबार ६०.५६ अंकले उकालो लाग्दै २५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन मंगलबार ३ बुँदे निर्देशनसहित कडाइ गरेको थियो । उक्त निर्देशनको प्रभावका कारण बुधबार शेयर बजार नेप्सेमा उत्साह देखिएको छ ।

बुधबार कुल २१७ कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम भने मात्र २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँमा सिमित भयो ।

बुधबार वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूह हरियाली देखिएको छ । आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखेला जल विद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भयो ।

एनआईबीएल प्रगति फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्तको शेयर मूल्य भने सबैभन्दा धेरैले घटेर राताम्य बनेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected