0Shares

पोखरा भ्यूज
काठमाडौं । विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको गृहमन्त्रालयले जनाएको छ । घटनामा परी २६ जना बेपत्ता भएका छन् भने २२ घाइते भएका छन् ।

यद्यपि यी सबै संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मन्त्रालयका अनुसार पहिरोबाट पाँचथरमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । पहिरोमा परी पाँचथरमा २४ जना जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् ।

उता सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

क्षतिको यकिन विवरण आएपछि अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । मन्त्री कार्कीका अनुसार एकै परिवारमा एक जना भन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ राहत दिने निर्णय गरिएको छ ।

त्यस्तै घर, बसोबास नष्ट भई खाद्यान्नसमेत नभएका परिवारलाई ५ जनासम्म भए प्रति परिवार १५ हजार रुपैयाँ र ५ जना भन्दा बढीको परिवार भए प्रति परिवार २० हजार रुपैयाँ नगद सहायता प्रदान गरिने भएको छ । पहिरोमा परी घाइते हुनेहरुको सम्पूर्ण व्यवस्था सरकारले गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताएका । त्यसैगरी घरबास भत्किएकालाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय भएको छ ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected