0Shares

मस्कट — साकिब अल हसनले ४६ रन बनाउँदै ९ रनमा चार विकेट लिन सफल भएपछि बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै बिहीबार टी२० विश्वकपको सुपर १२ चरणम प्रवेश गरेको छ ।

जितका लागि पपुवा न्युगिनीले १ सय ८२ रनको लक्ष्य पाएकोमा पूरा टिम १९.३ ओभर मात्र टिकेर ९७ रनमा अलआउट हुन पुग्यो। लगातार तीन खेल गुमाएर पपुवा न्युगिनी प्रतियोगिताबाट बाहिरियो ।आफ्नो पहिलो खेल गुमाएको बंगलादेशले भने त्यसपछि उत्कृष्ट पुर्नआगमन रच्दै लगातार दुई खेलमा सजिलो जित हासिल गरेको हो । पपुवा न्युगिनीका लागि किपलिन डोरिगाले नटआउट ४६ रन बनाएको भए बंगलादेशको जितको अन्तर अझ ठूलो हुने थियो ।

पपुवा न्युगिनीले आफ्नो प्रारम्भिक ब्याट्सम्यान असद भालालाई ६ रनमा गुमाएपछि टिम कहिले पनि लक्ष्य पछ्याउने बाटोमा रहेन । साकिब बलिङमा आक्रमक रूपमा उत्रेपछि विश्वकपमा डेब्यु गरिरहेको टिम अझ दयनीय स्थितिमा पुगेको थियो ।

बायाँ हाते स्पिनर साकिबले आफ्नो पहिलो ओभरमै दुई विकेट लिए । लगतै फेरि उनले दुई विकेट लिए र ट्वान्टी ट्वान्टी विश्वकपमा सर्वाधिक ३९ विकेट लिएका साहिद अफ्रिदीको नाममा रहेको कीर्तिमान पनि बराबरी गरेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected