0Shares

काठमाण्डौ – नेपाल अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरीयतामा एक स्थान तल झरी १६९ औं स्थानमा कायम भएको छ ।

फिफाले बिहीवार जारी गरेको वरीयतामा नेपाल १६९ औँ स्थानमा छ । यसअघि गएको भदौ ३१ गतेको वरीयतामा नेपाल १६८ औँ स्थानमा थियो ।

भर्खरै माल्दिभ्समा भएको साफ च्याम्पियनशिपको उपविजेता बनेको नेपालको वरीयता पछिल्लो समयमा घटेको छ ।

साफमा विजेता बनेको भारत दक्षिण एसियामा पहिलो नम्बरमै यथावत छ । विश्वव्यापी वरीयतामा भारत नेपालभन्दा अघि १०६ औँ स्थानमा छ । त्यस्तै माल्दिभ्स १५६ औँ स्थानमा छ ।

नेपालभन्दा तल रहेको भुटान १८६ औँ, बङ्गलादेश १८७ औँ, पाकिस्तान १९७ औँ र श्रीलङ्का २४ औँ स्थानमा छ ।

यस्तै फिफाको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा रहँदा ब्राजिल दोस्रो, फ्रान्स तेस्रो र इटली चौथो र इङ्गल्यान्ड पाँचौँ स्थानमा छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected