0Shares

काठमाडौं। पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । ९३२ जना निको भएर घर फर्किएको मन्त्रालयले बताएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ भने ११ हजार ३३७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ७ लाख ८५ हजार ८१३ जनाले कोरालाई जित्न सफल भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ छ । जसमध्ये १० हजार ११६ जना होम आइसोलेसनमा रहेका छन् भने ८३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्यमन्त्रालयले बताएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected