5Shares

पोखरा भ्यूज

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश भएको छ । मुख्यमन्त्री आचार्यको प्रस्तावमाथि आइतबार मात्र छलफल गर्ने कार्यसूची रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा बैठक कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बैठक बोलाइएको छ ।

शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र छलफल र मतदान गर्ने सहमति जुटेको थियो ।

आचार्य नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए । यद्यपि एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा मुख्यमन्त्रीले बहुमत गुमाएको अवस्था छ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected