२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबरखेलकुद

मुख्यमन्त्री पोखरेलद्वारा एन्फा टेक्निकल सेन्टर निर्माणस्थल अवलोकन

पोखरा, ५ कात्तिक

पोखरा भ्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्कीको माछापुच्छ«े गाउँपालिका ६ मा प्रस्ताव गरिएको एन्फा टेक्निकल सेन्टर निर्माणस्थलको शुक्रबार अवलोकन गरेका छन् । े
कास्की मात्रै होइन गण्डकीकै र नेपालकै लागि गौरव हुने गरी पोखरा नजिकै अखिल नेपाल फुटबल संघले एन्फा टे«ेक्निकल सेन्टरको अवधारणा अघि सारेको हो । फिफाको लगानीमा बन्ने उक्त सेन्टरको प्रारम्भिक पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारले पनि लगानी गर्ने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाएका छन् ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश समृद्धिको मुल आधार पर्यटन भएको र पर्यटन भित्र खेलकुदका गतिविधिलाई समेट्न सकिने भनाइ राखे । पोखराबाट नजिकै अनि हिमालको काखमा प्रस्ताव गरिएको टेक्निकल सेन्टर निर्माण भएमा पोखरा, गण्डकी मात्र होइन नेपालकै लागि गौरव गर्न लायक हुने विश्वास उनले व्यक्त गरे । फुटबल खेल अहिले हरेक परिवारको रुचीको विषयमा भएकाले पनि यसको प्रवद्र्धनका लागि लगानी गर्न मन सानो गर्न नपर्ने उनको भनाइ थियो । उनले भने, ‘यो सेन्टरले पोखरा र माछापुच्छ«ेलाई विश्वसामु चिनाउने छ ।’ मर्दी र इदी खोलाको बीचमा रहेको खुला ठाउँमा सेन्टर प्रस्ताव गरिएको प्रदेशको क्षमता अनुसार तटबन्धका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।


उक्त अवसरमा एन्फका प्रमुख कार्यकारी अधिकृत गोकुल थापाले ३ सय ४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलन गर्नेगरी सम्झौता भइसकेकोको जानकारी गराए । डिपिआर तयार भइसकेर वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर मन्त्रालयमा बुझाइसकेको भन्दै अब छिटै शिलान्यासको बताए । उनका अनुसार अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय रहने गरी संरचना बनाउने प्रस्ताव पारित भएको छ ।
‘ड्रिम प्रोजेक्ट’ को रुपमा निर्माण गर्ने भनिएको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ८० जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई ४ चरणमा सक्ने तयारी छ । फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना एन्फाको छ । पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ प्रयोग गरिने प्रमुख कार्यकारी अधिकृत थापाले बताए ।

प्रस्तावित ठाउँ इदी र मर्दी खोलाको दोभानमा छ । हिउँदमा सानो हुने तर बर्खामा उर्लेर आउने मर्दी खोलाले कटान गर्ने भएकाले तटबन्धनको काम भने पहिले नै गर्नुपर्ने हुन्छ । यसमा फिफाले लगानी गर्दैन । तटबन्धका लागि गाउँपालिका र निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५०÷५० लाख रुपैयाँ गरी १ करोड रुपैयाँमा काम भइसकेको पालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी गराए । उनका अनुसार तटबन्धका लागि साढे ४ करोड रुपैयाँ आवश्यक पर्छ ।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद अध्यक्ष तेजबहादुर गुरुङले नेपालकै लागि गौरवको यो योजना सफल पार्न सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले विभिन्न अड्चन बेहोर्दै परियोजना अहिलेको अवस्थामा आइपुगेको भन्दै अब छिटोभन्दा छिटो शिलान्यास गरेर काम थाल्नुपर्नेमा जोड दिए ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङले यो परियोजनालाई कमजोर बनाउन चारैतिरबाट आक्रमण भइरहे पनि आफूहरु निरन्तर लागिरहेकाले यो अवस्थामा आइपुगेको भनाइ राखे । कार्यक्रममा एन्फा कास्की सचिव रमेश कार्की, माछापुच्छ«े गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाले परियोजनाको महत्वका बारेमा बोलेका थिए ।
स्थलगत अनुगमनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, प्रमुख सचिव डा. दामोदर रेग्मी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्य, प्रदेश खेलकुद पषिदका पदाधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधि सहभागी थिए ।

 

 

 

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…