
पोखरा भ्यूज
काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट पार्टी उपाध्यक्ष भीम रावल अलग भएका छन् । उपाध्यक्ष रावले शुक्रबार बसेको स्थायी कमिटी बैठकमा १० बूँदे सहमिति कार्यान्वयन भएको भन्दै कार्यदलबाट अलग हुने घोषणा गरेका हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्ने दिशामा अघि नबढेको आरोप लगाएका छन् ।
कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने निष्कर्षसहित आफूले कार्यदलको संयोजकबाट राजीनामा दिने रावलले स्पट पारेका छन् । उनले राजीनामाको लिखित पार्टी अध्यक्षलाई पठाउने जानकारी समेत दिएका छन् ।
यसअिघ स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका थिए । स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा रावलको असहमति छ।






सम्बन्धित खवर
















